RUMPUM
animated ellipse animated ellipse

सिमा स्तम्भ मर्मत गरि व्यवस्थि बनाउँने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ पुष २०७५, शनिबार २१:०३
3
Shares

विराटनगर / नेपाल भारत सिमाना रहेका सिमा स्तम्भलाई थप व्यवस्थितगर्न नेपाल भारत फिल्ड सर्वेको संयुुक्त वैठक आज भारतका विरपुुरमा वसेको छ ।

वैठकले मोरङ, सुुनसरी तथा झापा जिल्लाको दशगज्जा क्षेत्रमा अतिक्रमण रोक्ने , विग्रे भत्केको सिमास्तम्भ मर्मत संभार गर्ने तथा सिमा स्तम्भलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको मोरङका प्रमुुख जिल्ला अधिकारी रमेश केसीले वताए ।

यसैगरी हराएका र विग्रे भत्केको सिमा स्तम्भ व्यवस्थित गर्न भइरहेको सिमा स्तम्भ निमार्णको कामलाई तिव्रताकासाथ अघि वढाउने विषयमा समेत छलफल भएको प्रजिअ केसीले जानकारी दिए ।

वैठकमा नेपालको तर्फवाट मोरङ, सुुनसरी तथा झापा जिल्लाका प्रमुुख जिल्ला अधिकारी , जिल्लाका नेपाल प्रहरी, सशत्र प्रहरी तथा अनुुसन्धानका प्रहरी प्रमुुख ,नापी कार्यालयका प्रमुुख, जिल्ला वन डिभिजन कार्यालयका प्रमुुख तथा भारतको सुपौल, अररिया तथा किशनगन्ज जिल्लाका ड्रिष्ट्रिक मजिष्ट्रेड तथा भारतीय प्रहरी प्रमुुखको सहभागिता रहेको थियो ।

नेपाल भारतको फिल्ड सर्वे वैठक प्रत्येक ६ महिनामा वस्दै आएको छ । अर्को वैठक जुुनमा विराटनगरमा वस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर