पूर्वाञ्चल खबर
पथरी / इलाका प्रहरी कार्यालय पथरीले जंगली जनवार चित्तल मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका १ स्थित मनकामना सामुदायिक वन जंगलमा चित्तल मारेको भन्ने खवर प्राप्त हुना साथ पुगेको प्रहरीले अन्दाजी २ बर्ष को भाले जातको मारेको चित्तल, भरुवा बन्दुक १ थान, केहि छर्रा र बारुदहरु सहित जिल्ला मोरङ पथरिशनिश्चरे नगरपालिका १ बस्ने बर्ष ३९ को प्रकाश भन्ने रत्नबहादुर धिमाललाई पक्राउ गरी आवश्यक कारवाहीको लागि ईलाका बन कार्यालय उर्लाबारीमा पठाईएको छ भने निज पक्राउ रत्नबहादुर धिमाललाई मुलुकी अपराध (संहिता) ऐन २०७४ अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।