RUMPUM
animated ellipse animated ellipse

बुढीगंगामा यूवा सम्मेलन हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७५, बुधबार १९:४२
3
Shares
सम्मेलनबारे जानकारी दिदै आयोजक
         

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिकामा ‘बुढीगंगा यूवा सम्मेलन’ शुक्रबारदेखि सुरु हुने भएको छ ।

 

जन जागृति यूवा क्लबको आयोजनामा बुढीगंगा ६ स्थित नारायण माविको प्रङगणमा पुस ६ र ७ गते बुढीगंगा यूवा सम्मेलन हुने भएको हो ।

 

आयोजक जनजागृति यूवा क्बलले आज पत्रकार सम्मेलन गरि यूवा सम्मेलनको तयारी तिव्र भइरहेको जानकारी दिएको छ । ‘समृद्ध राष्ट्र निमार्णमा नेपाली यूवाहरूको भुमिका दायित्व र अवसर’ भन्ने मुल नाराको साथ सुरु हुन लागेको सम्मेलनमा बुढीगंगा गापाका ५ सय यूवाहरूको सहभागि गराउने आयोजक समितिको अध्यक्ष मकर बुढाथोकीले जानकारी दिए । ‘दुई दिनसम्म संचालन हुने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले यूवालाई प्रशिक्षण दिनेछन्,’ अध्यक्ष बुढाथोकीले भने, ‘यस सम्मेलनले यूवाको क्षमता अभिवृद्धी गर्दछ ।’

सम्मेलनको उद्घाटनको दिन शुक्रबार साँस्कृतिक कार्यक्रम हुनेछ भने दोस्रो दिन शनिबार विहानदेखि यूवाहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिने आयोजक समितिको सचिब रीता न्यौपानेले बताइन । सम्मेलनमा यूवाहरूलाई प्रशिक्षण उद्यमशिलताको क्षेत्रबाट लक्ष्मी गिरी, बसन्त अधिकारी र अन्य विभिन्न क्षेत्रको बारेमा सीता पोखरेल, अशोक चौधरीलागयत काठमाण्डौबाट आएकाहरूले समेत दिने बताइएको छ ।

जन जागृति यूवा क्लबले पहिलो पटक आयोजना गर्न लागेको उक्त सम्मेलन अहिलेको यूवा पुस्ताहरूको निकै लाभदाही हुने आयोजको भनाई छ । ९ देखि १० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । सम्मेलनको उदघाटनको दिन हाँस्यकलाकार मनोज गजुरेल र गायक साजन राईको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रमको संयोजक रमेश भट्टराईले बताए । सम्मेलनलाई भव्य र सभ्य रुपमा सफल बनाउने विभिन्न मुलक आयोजक समिति समेत गठन गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर