पूर्वाञ्चल खबर
विराटनगर/ सुनसरीको इटहरीमा रहेको ओसियन पार्कमा एउटै मञ्चमा तीन वटा प्रतियोगिता सम्पन्न भएको छ ।
जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा मिस कोसी, दोस्रो संस्करणको मिसेज कोसी र दोस्रो संस्करणको मिस्टर कोसी प्रतियोगिता सम्पन्न भएको हो ।
मिस कोशीको ताज धरानकी ब्रेनी ताम्राकारले जितेकी छिन् । उनले फाइनलमा पुगेका अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस कोशीको ताज आप्mनो शिरमा पहिरन सफल भएकी हुन् । सो प्रतियोगिताको फस्ट रनरअप इटहरीकी सुस्मीता बिष्ट तथा सेकेण्ड रनसअप सुनसरी दुहबीकी निलिमा चौधरी घोषित भइन् ।
दोस्रो मिसेज कोशीको उपाधी मोरङको केराबारी गाउँपालिकाकी सुचना श्रेष्ठ घोषित भइन् । फस्ट रनरअप विराटनगरकी खेमकुमारी कोइराला तथा मोरङ रतुवामाई नगरपालिका स्थित गोविन्दपुरकी सुनिता लामाले सेकेण्ड रनरअपको उपाधी जितिन् ।
दोस्रो संस्करण्को मिस्टर कोशीको उपाधि भने सुनसरीे झुम्काका रिनेश नेपाल घोषित भए । फस्ट नरअप झापा झिलझिलेका मुक्ति चेम्जुङ्ग लिम्बु र सेकेण्ड रनरअप विराटनगरका सुमित भगत घोषित भए ।