RUMPUM
animated ellipse animated ellipse

एन्फाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम एक नम्बर प्रदेशबाट सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७५, सोमबार १९:२८
3
Shares

सुनसरी /अखिल नेपाल फूटबल संघ एन्फाले फूटबलको आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम एक नम्बर प्रदेशबाट सुरु गरेको छ ।

एन्फा सुनसरीको संयोजनमा आजदेखि इटहरीमा सुरु भएको फूटबलको आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम आगामी शुक्रबारसम्म चल्नेछ । कार्यक्रमको एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष किशोर राइले उद्धघाटन गरे । उद्धघाटन कार्यक्रममा बोल्दै राइले नेपाली फूटबलमा लामो संघर्षपछी परिवर्तन आएकाले फूटबलले गति लिन थालेको बताए । उनले फूटबल नेपाललाई चिनाउने माध्यम बनाउने गरी काम गर्न एन्फा लागी परेको जानकारी दिए । फूटबल खेलेर बांच्न सक्ने न्युनतम आधार तयार गर्न सक्ने उदेश्वले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले केही समययता चलायमान हुन नसकेको एन्फा एकेडेमीलाइ चांडै गति दिने समेत जानकारी दिए ।

कार्यक्रममा बोल्दै एन्फा प्रबक्ता किरण राइले नेपाली फूटबलमा लामो समयदेखिको सिण्डीकेट अन्त्य भएकाले यसप्रकारको प्रशिक्षक प्रशिक्षण कार्यक्रम ल्याउन बर्तमान कार्य समिती सफल भएको बताए । देश संघियतामा गएसंगै नेपाली फूटबलको संरचना पनि परिवर्तन गर्न लागीएकाले एन्फाले प्रदेश लिग र जिल्ला लिग गर्ने तयारी गरेको जानकारी दिए । यस्तै प्रत्येक नगरमा नगर समिती समेत गठन गर्ने तयारी गरिरहेकोले तालिम लिएर योग्य भएका प्रशिक्षकहरु बेरोजगार बन्नुपर्ने अवस्था नरहने प्रबत्ता राइले दाबी गरे ।

एन्फा केन्द्रीय सदस्य दिपक राइले सहभागी प्रशिक्षार्थीहरुलाई आधारभूत तालिम पश्चात सी लाइसेन्सको लागी सिफारिस गरिने बताए । तालिममा एक नम्बर प्रदेशका १० जिल्लाबाट ३४ जना सहभागी रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए । पांच दिनसम्म चल्ले प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एन्फा टेक्निकल डाइरेक्टर ताकिता चाइकी, एन्फा उपाध्यक्ष एवंम प्रशिक्षक उपेन्द्रमान सिंह, एन्फा ग्रास सुट म्यानेजर संजित सिंहले प्रशिक्षण दिनेछन ।

गोलकिपरको लागी मित सुमारा तोसिहिरोले प्रशिक्षण दिने कार्यक्रम रहेको एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर