पूर्वाञ्चल खबर
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी बालिका पन्तको घटनामा जोडिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनको नाम भने गोप्य राखेको छ। उनलाई पक्राउ गर्नेबित्तिकै डिएनए टेस्टका लागि स्याम्पल पठाइएको सिआइबीले जनाएको छ। पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् ।
विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । यद्यपि उनी भारतमा भएको परिवारले बताउँदै आएको थियो। निर्मला हत्या प्रकरणमा उनको केही न केही हात हुन सक्ने अनुमान प्रहरीले गरेको छ।