AArya
RUMPUM
animated ellipse animated ellipse

नक्कली परियोजनाको नाममा ठगी गर्ने ओझा पक्राउपछि उजुरीको ओइरो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७५, बुधबार १६:३३
3
Shares
ठगीमा संलग्न भनिएका गुणराज ओझा
विराटनगर / विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत परियोजना र बिजनेस म्यानेजमेन्ट ग्रुप खोलेर ठगी गर्ने गुणराज ओझा पक्राउ गरेपछि उनीविरुद्ध उजुरी दिने बढेका छन्।

मोरङको लेटाङ नगरपालिका घर भइ हाल विराटनगर ५ जामुनगाछीस्थित सुुसुरालीमा बस्दै आएका ५५ वर्षीय ओझालाई मोरङ प्रहरीले मंसिर ११ गते विराटनगरबाट पक्राउ गरेको थियो।

उनले आफैले राखेका कर्मचारीबाट रकम असुलेका थिए । प्रहरीका अनुसार ओझाले काम गर्ने कर्मचारीलाई नयाँ कार्यालय सञ्चालन गर्न गाह्रो परेको बाहाना बनाउँदै कर्मचारीबाट रकम असुल्ने गरेका थिए ।

ओझालाई पक्राउ गरेपछि उनीबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिन आउने बढेको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार अहिलेसम्म ओझाबाट ठगिएको भन्दै मोरङ प्रहरीमा २१ वटा उजुरी आएको छ । अहिले उजुरी आइरहेको हुनाले ओझाले कति रुपैयाँ ठगी भन्ने खुलिसकेको छैन। अनुसन्धानकै क्रममा रहेकोले ओझाले एकमुष्ठ कति ठगी गरे त्यो भनेपछि खुल्ने प्रहरीले जनाएको छ। ओझाले एक जनाबाट पाँच हजारदेखि चारलाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।

ओझाले कम्पनीको सेयर दिने भन्दै राजेन्द्र अधिकारी ४ लाख रुपैयाँ, नक्कली कम्पनी खुलेर खरिदारमा नियुक्त गरेका सन्तोष कार्कीको ५६ हजार, चालक इश्वर श्रेष्ठबाट १ लाख ३५ हजार, इन्दिरा ढकाललाई नासुममा नियुक्ति गर्दै ८० हजार, अधिकृतमा गोविन्द भगतसँग ३ लाख, खरदारमा मालता काफ्ले अधिकारीको २ लाख रुपैयाँ ओझाले लिएको भन्दै उनीहरूले मोरङ प्रहरीमा उजुरी दिएका छन् ।

ओझाले २०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका थिए। महिनौसम्म तलव नदिई सापटी लिएको रकमसमेत फिर्ता नगरेपछि खोजी गर्दा कम्पनी नै फर्जी भएको खुलेको थियो। उनले कम्पनी रजिष्ट्ररको कार्यालयमा समेत दर्ता नभएको पाइएको छ। कर्मचारीले तलब माग्दा ओझाले बाउन्स चेक दिने गरेको पीडितहरू बताउँछन्।

विराटनगर–४ मा तीन वटा घर भाडामा लिएर कम्पनी खोलेका ओझाले कार्यालयमा ल्याएको फर्निचरको पैसाँ समेत नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । विराटनगरको सुनकोशी फर्निचरबाट ओझाले कार्यालयको लागि ५ लाख ८५ हजार रुपैयाँ बराबरको फर्निचर लगेको सञ्चालकले उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर