AArya
RUMPUM
animated ellipse animated ellipse

जेसीज सप्ताह अन्तर्गत प्रिजेन्टेसन तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७५, मंगलवार २१:२७
3
Shares
विराटनगर / विराटनगर जेसीज सप्ताहा अन्तर्गत आज विराटनगरस्थित हिमालयन दर्शन कलेजका विद्यार्थीहरूलाई प्रिजेन्टेसन तालिम दिएको छ । कलेजमा विविएस पढ्ने विद्यार्थीहरुको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले यस्तो तालिम दिएको हो ।

अहिले भित्रिएको नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले यस्तो तालिम दिएको विराटनगर जेसिजका अध्यक्ष सेवक बजगाईले जानकारी दिए । उक्त कार्यक्रमको संयोजक अबिनाश दाहाल रहेका थिए । कार्यक्रमको शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, जेसीजका पूर्व अध्यक्ष टिकाराज ढकालको उपस्थीति रहेको थियो । जेसीज सप्ताह अन्तर्गत बुधबार विराटनगरस्थित जेली बाल सदन स्कूलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर