पूर्वाञ्चल खबर
महानगरलाई प्लास्टीकको झोला मुक्ता गरी बातावरण मैत्री बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको मेयर भीम पराजुलीले बताए । प्लास्टीक जन्य बस्तुले फोहोर व्यवस्थापनमा पनि चुनौती थपिएको बताउँदै उनले सबै क्षेत्र सँगको सहकार्यमा वडा वडाबाट अभियान सञ्चालन गरिने बताए ।
सफा सुन्दर सुरक्षित र सक्षम विराटनगर निर्माणकालागि प्लास्टिकका बिकल्प खोजिने उनले बताए । आज महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले फोहोर मैला व्यवस्थापनसँगसँगै प्लास्टीकका सामाग्री पनि व्यवस्थापन गर्न समस्या भएको बताए । प्लास्टीक गल्न धेरै बर्ष लाग्ने बताउँदै मेयर पराजुलीले जथाभावी फ्याल्दा फोहोर हुनका साथसाथै पर्यावरणमा पनि असर गर्ने बताए । उनले अब वडागत रुपमा प्लास्टीकको प्रयोग कम गर्न अभियान सञ्चालन गर्दै प्लास्टीक मुक्त अभियान सञ्चालन गरिने बताए ।