AArya
RUMPUM
animated ellipse animated ellipse

हाम्रो नर्सिङ कलेजमा अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७५, सोमबार १६:४६
18
Shares
विराटनगर / विराटनगर एयरपोर्ट छेउमा रहेको हाम्रो स्कूल अफ नर्सिङ कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमकासाथ स्वागत गरेको छ ।

कलेजले सोमबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिएको हो । कलेजमा विएससी नर्सिङमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी दिएको कलेजका सिइयो ज्ञानबहादुर खडकाले जानकारी दिए ।

अन्य कलेजले आयोजना गर्ने अभिमुखिकरण तालिम भन्दा भिन्न तरिकाले आयोजना गरेको अभिमुखिकरण तालिममा भर्ना भएका विद्यर्थाीहरुको अविभावकको उपस्थीतमा उनीहरुलाई कलेजको बारैमा बताइएको थियो ।

विएससी नर्सिङ विषयमा पठनपाठन हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रमा ३० जना विद्यार्थीहरु भर्ना भएका छन् ।

कलेज व्यवस्थापन समितिको अध्यक्ष डा. हिरालाल सहनीको सभापतिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, कलेका सिइयो ज्ञानबहादुर खडका, प्रिन्सिपल अञ्जुली मण्डल, कलेका निर्देशक डा.शंकरप्रसाद अधिकारी,शिक्षिकाद्वय प्रो. निला सुब्बा र सपना महर्जनले कलेजको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर