AArya
RUMPUM
animated ellipse animated ellipse

झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७५, सोमबार ०८:१०
3
Shares
झापा / झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–७ लाल्झोडास्थित एक काठको घरमा आगलागि हुँदा आगोले जलेर चार जनाको मृत्यु भएको हो ।

उनीहरु घरभित्र सुतिरहेको बेला गएराति करिब ९ बजेतिर आगो लागेको थियो । घरमा अचानक सल्किएको आगोले घरमा रहेका परिवार जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । जलेर मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनाल रहेको झापा प्रहरील् जनाएको छ ।

आगलागी खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।आगलागीबाट खनालका छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल समेत सख्त घाइते भएको प्रहरीले जनाएको छ । घाइते गीतालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याएको छ ।

विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र अन्य क्षतिको एकिन विवरण संकलनको काम पनि भइरहेको झापा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर