AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाट सुरू भयो माउण्टेन फ्लाइट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७५, आईतवार ०८:३०
3
Shares
विराटनगर / शनिबारदेखि विराटनगर विमानस्थलबाट माउण्टेन फ्लाइट (पर्वतीय उडान) को व्यवसायिक रूपमा सुरू भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित मन्त्रिपरिषद्का सदस्य तथा उच्चपदस्थ कर्मचारीहरूले पहिलो प्रवर्द्धनात्मक उडान गरेको समाचार आजको उदघोष दैनिकमा बाबुराम भण्डारीले लेखेका छन् ।

प्रदेशको पर्यटन प्रवर्द्धनका लागि यो थालनी कोशेढुंगा भएको सम्वद्ध पर्यटन व्यवसायीहरूले बताएका छन् । पहिलो प्रवर्द्धनात्मक उडानमा मुख्यमन्त्री राईसहित उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेसहित मन्त्रालयका सचिवहरू, नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्य तथा पर्यटन व्यवसायीहरूको टोलीले विराटनगर विमानस्थलबाट माउण्टेन फ्लाइट गरेको हो ।

विराटनगरबाट पहिलो माउण्टेन फ्लाइटमा उडेका मुख्यमन्त्री शेरधन राईले आफ्नो अनुभव सुनाउने क्रममा अत्यन्तै आनन्द भएको बताए । उनले प्रदेश १ मा पर्यटन विकासका माध्यमबाट समृद्धि हाँसिल गर्न सकिने बताए । उनले निजी क्षेत्रको सहभागीतामा प्रदेशको विकास गर्ने साझा लक्ष्य र प्राथमिकता सरकारले बनाएको पनि जानकारी दिए ।

मुख्यमन्त्री राईले माउण्टेन फ्लाइटलाई कुनैपनि कारणले नरोकिने गरी निरन्तरता दिन प्रदेश सरकारले आवश्यक पहल गर्ने आश्वासन दिए । माउण्टेन फ्लाइट सुरू हुनु प्रदेश सरकारका लागि पनि गौरवको विषय भएको धारणा राखे ।उनले सम्बन्धित एयरलाइन्सहरूसँग सरकारले समन्वय गर्ने जानकारी दिए । साथै छिमेकी मुलुकका पर्यटकलाई भित्र्याउन प्रचारप्रसारमा पनि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यसैगरी विराटनगरबाट प्रदेश १ सवै विमानस्थलमा उडान गराउने तथा पोखराका लागि पनि उडान गराउनका लागि पहल भइरहेको जानकारी दिए । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न संघीय सरकारसमक्ष प्रस्ताव पठाइसकेको बताए ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले निजी क्षेत्रले प्रदेश सरकारको योजना कार्यान्वयनका लागि ठूलो साथ सहयोग गरेको बताए । सरकार ठूलो सपना बोकेर हिंडेकोले प्रदेशको पर्यटन विकासमा लागि सघाउने सवै क्षेत्रसँग सहकार्य गर्न आफ्नो मन्त्रालय तयार रहेको बताए । उनले विराटनगर विमानस्थलबाट विहार, बंगाल लगायतका स्थानमा पनि अन्तरदेशीय उडान गराइने जानकारी दिए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सिंगो प्रदेशका लागि विकास र समृद्धिको बाटो खुलेको बताए । उनले महानगरपालिका तहबाट आवश्यक सहयोग गर्ने सम्वद्ध पर्यटन व्यवसायीहरूलाई आश्वासन दिए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले पुर्वाधार विकास लागि पनि सरकारले ध्यान दिनुपर्ने धारणा राखे । पर्यटन प्रवर्द्धनमा जुटेका उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन गर्ने गरी सरकारले सहयोग गर्नुपर्ने बताए ।

होलिडेजका अध्यक्ष एवं पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठले प्रत्येक साताको शनिबार एउटा उडान भर्ने योजना रहेको बताए । उनले सवैको उत्साहका कारण आगामी तीन सातासम्मका लागि बुकिङसमेत भइसकेको बताए । श्रेष्ठले माउण्टेन फ्लाइटलाई निरन्तरता दिनका लागि प्रदेश सरकारको सहयोगसमेत अपरिहार्य रहेको बताए ।

सरकारले नीति तथा कार्यक्रममै माउण्टेन फ्लाइटलाई समेटेकोमा प्रदेश सरकारलाई उनले धन्यवाद ज्ञापन गरे । उनले चार्टर्डमा गरिएको माउण्टेन फ्लाइटलाई नियमित तालिकामा राख्नका लागि सरकारको सहयोगको अपेक्षा गरेको बताए । साथै विराटनगर–लुक्ला उडानका लागिसमेत प्रदेश सरकारले विशेष पहल गर्न श्रेष्ठले सरकारसमक्ष आग्रह गरे ।

यति एयरको २९ सिटे सीआरजे जेट स्ट्रिम इन्जिनको जहाजबाट माउण्टेन फ्लाइट गरिएको हो । विराट होलिडेजको ब्यानरबाट यहाँका पर्यटन, होटल व्यवसायी तथा ट्राभल्स एसोशिएशनका सञ्चालकहरूको अगुवाईमा विमान चार्टर्ड गरी नियमित माउण्टेन फ्लाइट थालिएको सम्वद्ध व्यवसायीहरूले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर