पूर्वाञ्चल खबर

त्यस क्रममा बीपी पुत्र डा. शशांक, गिरिजापुत्री सुजाता र केशव–नोना पुत्र डा. शेखर कोइरालाले सम्यूक्त रुपमा फाउन्डेसनको कार्यालयको उद्घाटन गरेका हुन् । देउवाविरुद्ध मोर्चाबन्दी भइरहेका बेला १४ औँ महाधिवेशनमा सभापतीका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर उनीहरुले परिवारको लिगेसी कायमै राख्ने सन्देश दिन खोजेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई संगठित वनाउन कुनैपनी कसर वाकी नराख्ने वताए ।
विराटनगर स्थित कोइराला निवासको परिसरमा निमार्ण गरिएको जिपि कोइराला फाउण्डेसनको एक नम्वर प्रदेश कार्यालय भवनको आज उद्घाटन गर्दै उनले कांग्रेसलाई पहिलेको अवस्थामा फर्काएर छाडने समेत घोषणा गरे ।
विगतको निर्वाचनमा पार्टीभित्रको गुटउपगुटका कारण कांग्रेसले पराजय भोग्नु परेको भन्दै कांग्रेसलाई सुद्धिढ वनाउन कोइराला परिवारका शेखर कोइराला, सुजाता कोइराला र आफु विच हिजोपनि एकता थियो र आजपनि छ र भोलीपनि रहिरहने बताए ।
कार्यक्रममा वोल्दै कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विपि कोइराला, गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहको सपना पुरा गर्न कांग्रेस द्धढ हुनु पर्ने वताए । उनले समयमा पार्टीको महासमितिको वैठक र महाधिवेशन हुने आवश्यक रहेको वताए । उनले कांग्रेसलाई वलियो वनाउन विगत तिक्ततालाई सवैले त्याग्नु पर्ने समेत वताए ।
त्यस्तै कांग्रेसकी केन्द्रीय सदस्य तथा फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले मुलुकको राजनितिक स्थायीत्वका लागी पनि कांग्रेस वलियो हुनु आवश्यक रहेको वताइन् ।
कार्यक्रममा कांगेस केन्द्रीय सदस्य अमृत अर्याल, हसन अन्सारी, पदमनारायण चौधरी , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली कांग्रेस मोरङका सभापति डिकवहादुर लिम्वु , कांग्रेस पाँचथरका सभापति नरेन्द्र केरुनलगायताका नेताले पार्टी संगठित हुनुपर्नेमा जोड दिए ।
सुजाताले बाबुको निधन भएपछि आफ्नो अंशमा आएको ९ कट्ठा जग्गामध्ये आधा ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन’का नाममा राखेकी थिइन् । त्यही जग्गामा बनेको साढे दुई तले भवनमा फाउन्डेसनको प्रदेश कार्यालय स्थापना भएको हो ।
फाउन्डेसनले कार्यालय परिसरमै गिरिजाप्रसाद स्मृति सङ्ग्रहालय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी फाउन्डेसनले प्रदेश एकको एउटा जिल्लामा अस्पताल खोल्ने योजना रहेको पनि संयोजक थापाले बताएकी थिइन् ।