AArya
RUMPUM
animated ellipse animated ellipse

विराट मेडिकल कलेजमा अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७५, बुधबार १६:४९
3
Shares
विराटनगर / बुढी गंगा गाउँपालीका–२ टंकीमा रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई तीन दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई अभिमुखिकरण दिएको हो । एमविविएसमा नयाँ भर्ना भएका विद्यार्थी तथा अविभावकहरुलाई कलेजका बारेमा जानकारी दिएको कलेजले जानकारी दिएको छ ।

एमविविएस संकायमा पठनपाठन हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रमा ७५ जना विद्यार्थी तथा तीनका अविभावकहरु सहभागि रहेका थिए ।

कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान कार्की उपाध्यक्ष डिनीस कार्की, प्रिन्सिपल प्रा.डा. हेम सागर रिमाल, कलेजका निर्देशक प्राज्ञिक तथा विद्यार्थी मामिला वेनु गौतम तथा एकाडेमी साहायक प्रमुख डा. पार्थ गुरागाईलगायतले कलेजको बारेमा विद्यार्थी तथा अविभावकहरुलाई जानकारी गराए । विहिबार र शुक्रबार पनि अभिमुखिकरण कार्यक्रम दिइने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर