AArya
RUMPUM
animated ellipse animated ellipse

जुवा खेल्दै गरेको १० जनासहित नगद ४ लाख पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ कार्तिक २०७५, शुक्रबार २१:४९
3
Shares
विराटनगर / मोरङको सुन्दर हरैचाबाट १० जना जुवाडे पक्राउ परेका छन् ।उनीहरुलाई विहिबार राती साढे १० बजे ईप्रका बेलबारीले पक्राउ गरेको हो ।

सुन्दर हरैचा १० का ४१ वर्षिय कुमार मिजारले घरमा जुवा खेलाई रहेको भन्ने विशेष सूचनाको आधारमा ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले घर धनी सहित १० जना जुवा खेल्दै गरेका अवस्थामा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुको साथमा ४ लाख १५ हजार ४ सय ५५ र जुवा खेल्न प्रयोग भएको कौडा १५ थान ,तास ३ बुक बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा घर धनी मिजारसहित सुन्दर हरैचा ९ का ४५ वर्षिय पुष्प भुजेल, सुन्दर हरैचा १२ का ६० वर्षिय भुपाल थापा, सुन्दर हरैचा १ का ४४ वर्षिय जनक मास्के,
सुन्दर हरैचा ९ का ५२ वर्षिय विनोद गौतम, सुन्दर हरैचा १० का ५४ वर्षिय जयबहादुर सार्की, साहि वडाका ३९ वर्षिय कमल खड्का,सुन्दर हरैचा १२ का ४३ वर्षिय प्रशान्त कार्की, उर्लाबारी नगरपालिका २ का ३८ वर्षिय जितबहादुर पुरी र सुनबर्षी नगरपालिका ६ का ३५ वर्षिय मकर तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर