AArya
RUMPUM
animated ellipse animated ellipse

देवकोटा पुस्तकालयमा राधिकाको एकल कविता वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०७५, मंगलवार १८:०२
3
Shares
विराटनगर /कवि राधिका गुरागाईं विराटनगरस्थित देवकोटा पुस्तकालयमा प्रस्तुत भएकी छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तीका अवसरमा देवकोटा पुस्तकालयले आयोजना गरेको एकल कविता वाचनमा कवयित्री गुरागाईं प्रस्तुत भएकी हुन् ।

तीन दशकभन्दा लामो समयदेखि कविता लेखनमा सक्रिय गुरागाईं ‘आमा’ शीर्षकको कविता प्रस्तुत गरेर एकल कविता वाचनको मेलो पसेकी थिइन् । त्यसपछि उनले ‘जीवन रंग र कविता’, ‘मौन आकृति’, ‘सालिक’, ‘रक्सी, पत्नी र बोतलहरू’, ‘कवितामा फूल’, प्रस्तुत गर्दा स्रोताको राम्रै ताली पाइन् । ‘मरुभूमिबाट’, ‘बुझ्नुअघि’ र ‘झरी’ कविताले पनि दर्शकको राम्रै ताली बटुले । अधिकारकर्मीहरुप्रति लक्षित कविता ‘अन्यथा नसम्झिदिनुहोला’ शीर्षकको कविता प्रस्तुत गरेर राधिकाले एकल कविता वाचनको बिट पारेकी थिइन् ।

गुरागाईंको कविता वाचन गर्न अतिथि कविहरूले पनि सघाएका थिए । कवि बद्री भिखारीले ‘प्रेममा अक्षरहरू’, मीनकुमार नवोदितले ‘चराहरूको घर’, मञ्जुश्री गिरीले ‘फूल मुस्कुराएपछि’ र भरत गुरागाईंले ‘समय र सुस्केरा’ शीर्षकको कविता वाचन गरे । साहित्यकार प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राध्यापक भूषण ढुंगेल, कवि प्रल्दाद पोखरेललगायतले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरेका थिए । पुस्तकालयको ६० औं स्थापना दिवस र देवकोटा जयन्तीको अवसर पारेर पुस्तकालयले हरेक वर्ष एकल कविता वाचनसहित सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि रक्तदान, कविता वाचन, प्रभातफेरी, शोभायात्रा, महाकवि देवकोटाबारे प्रवचनलगायतका कार्यक्रम राखिएको पुस्तकालयका अध्यक्ष सुबोध निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर