AArya
RUMPUM
animated ellipse animated ellipse

धुर्मुस सुन्तली भए बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०७५, मंगलवार ०८:०६
3
Shares
काठमाडौं । हास्यकलाकार सीताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस सुन्तली ) वीर अस्पताल सफाइ र रंगरोगन सकेर बिनाखबर बेपत्ता भएका छन् । उनीहरु बेपत्ता भएपछि उनका शुभचिन्तकहरु आश्चर्यमा परेका छन् ।उनीहरुले अस्तपालको रंगरोगनको काम सकेपछि अस्पताललाई न औपचारिक रुपमा हस्तान्तरण गरे न उनीहरु अस्पतालको १ सय २९ औं वार्षिकउत्सवमा देखिए । न त वार्षिकोत्सव कार्यक्रममा उनीहरुको कामको चर्चा नै भयो।धुर्मुस सुन्तली असारकै दोस्रो साताभित्रै वीर अस्पतालको रंगरोगन सकेपछि कुनै औपचारिक जानकारीबिनै बेपत्ता भए ।

सरसफाइ र मर्मतसम्भारको अभाव झेलिरहेको वीर अस्पतालमा सफाइ संस्कार राख्न सक्नु भने आफैंमा चुनौतीपूर्ण काम थियो । कलाकारद्वय कट्टेलले गत वैशाख अन्तिम साता वीर अस्पताल सफाइ तथा रंगरोगन अभियान सुरु गरी ४४ दिनमा काम सकेका थिए । यो खबर नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर