AArya
animated ellipse animated ellipse

फरार कैदी समात्ने प्रहरी निरीक्षक प्रकाश थापासहित चार प्रहरी पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ श्रावण २०८१, शुक्रबार ०७:३५
3
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो । यसरी सम्मानित हुनेहरुमा इलाका प्रहरी कार्यालय दोहमनाका प्रहरी नायव निरीक्षक राजेन्द्रप्रसाद पासवान, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक कपिल खड्का र प्रहरी चौकी राजघाट मोरङमा दरबन्दी भएका प्रहरी सहायक हवल्दार उत्तम कार्की पुरस्कृत भएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

‘प्रहरीले कर्मचारीहरुले आफुलाई तोकिएको जिम्मेवारी त्रुटिरहित तवरबाट बहन गरी एच्च कौशलतापूर्वक व्यवसायिक र कर्तव्यनिष्ठ ढंगले सम्पादन गरी प्रशंसानीय कार्य गरेको हुदा उनीहरुलाई उत्कृष्ट कार्यको उच्च मुल्याङ्कान गर्दै प्रहरी नियमावली अनुसार पुरस्कृत गरिएको हो,’ एसपी कार्कीले भने । १७ साउनमा विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद अहमदलाई पक्राउ परेका थिए । खानलाई प्रहरीले बुधबार नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो ।

अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर तीन महिनादेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन् । उनलाई जिल्ला अदालत मोरङले २०८१ वैशाख ७ गते १२ वर्ष कैद सजाय फैसला गरेको थियो । उनी इप्रका बेलबारीले २०७९ फागुन ४ गते पक्राउ परेका थिए । फरार भएका कैदीको हकमा थप सजाय हुने कारागार ऐन, २०७९ मा उल्लेख छ ।

फरार भएर पक्राउ परेका कैदीलाई मोरङ प्रहरीले कैदी भागेको कुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । कारगारा ऐन, २०७९ मा कैदी भागेको पुष्टि भए पाँच वर्ष कैद वा ५० हजार रुपैयाँसम्म जरिवना हुने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर