AArya
RUMPUM
animated ellipse animated ellipse

किर्ते गरि नागरिकता प्रकरण : वडा अध्यक्ष उद्धब अर्याललाई जोगाउने चलखेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ कार्तिक २०७५, शनिबार ०७:५८
3
Shares
विराटनगर/ झुटो बिवरणमा नागरिकता सिफारिस गर्ने वडा अध्यक्षलाई जोगाउने चलखेल भइरहेको खुलेको छ ।

किर्ते गरि नागरिकता दिलाउने र लिने पक्राउ परे पनि सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बर वडा अध्यक्ष उद्धब अर्याललाई जोगाउन चलखेल भइरहेको हो ।

वडा अध्यक्ष अर्याललाई अभियोगबाट जोगाउन काँग्रेसका जिल्ला तहदेखि केन्द्रीय तहका नेताहरू लागि परेको स्रोतको दाबीछ । उनीहरूले स्थानिय प्रशासन र प्रहरीलाई दबाव दिएर वडा अध्यक्ष अर्याललाई जोगाएर अन्यलाई मात्र अभियोग दायर गर्न सक्रिए भएका हुन् ।

प्रहरीले विराटनगर १ का ४५ वर्षिय वडा सदस्य रमेश साह र सुन्दर हरैचा घर भइ हाल विराटनगर महानगरपालिका १ नम्बर वडा सचिब पुष्पा तिम्सिना, झुटो विवरण पेश गरि नागरिकता लिने विराटनगर १ घर भई हाल मोरङको कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षिय सत्यनारयण पोद्दार र उनका छोरा भनिएको २५ वर्षिय राजेन्द्र पोद्दारलाई मात्र अभियोग लगाउने तयारी गरेको अदालत स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय पोद्दारले आफ्नो छोरा भन्दै २ जनाको नागरिकताको लागि झुटा विवरण पेश गरेका थिए । पोद्दारले पेश गरेको विवरण अनुसार वडा अध्यक्ष अर्यालल, सदस्य साह र सचिव तिम्सिनाले नागरिताको लागि सिफारिस गरिदिएको स्रोतको दाबी छ । झुटा विवरण पेश गरि पोद्दारले आफ्नो छोरा भन्दै यस अघि विभिन्न मितिमा गैर नागरिक भारतका पाँच जना व्यक्तिलाई नागरिकता बनाइएको खुलेको छ । उनले मोटो रकम लिदै गैर नागरिकलाई नागरिकता बनाइदिने गरेको स्रोतले बताए ।

जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएका हुन् । तर जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति आशंका गरेपछि घटना सार्वजनिक भएको हो ।

मोरङ प्रहरीले किर्ते जालसाँची गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्दारलाई पक्राउ गरेको छ । पोद्दार पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वडा अध्यक्ष अर्याल, साँची बस्ने वार्ड सदस्य साह र वडा सचिव तिम्सिना सम्पर्क विहीन छन् । प्रहरीले उनीहरु तिनै जनालाई पक्राउ गर्ने प्रयास गरेपनि अर्याल र साह भारतीय भूमिमा रहेका कारण पक्राउ पर्न सकेका छैनन् । तिम्सिना भने मोवाइल अफ गरेर फरार भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी निशान थापाले झुटा बिवरण पेश गरि नागरिकता बनाउने पोद्दारलाई पक्राउ गरि अनुसन्धान भइरहेको बताए । ‘झुटा विवरण पेश गरि नागरिकता बनाएको उजुरी आएपछि पोद्दारलाई पक्राउ गरेको हो,’ उनले भने, ‘अदालतमा म्याथ थप गरि अहिले अनुसन्धान भइरहेको छ । क–कसलाई प्रतिवादी बनाएर अभियोग लगाउने सरकारी वकिल मार्फत हुनेछ ।’

जिल्ला प्रसाशन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सिफारिसमा शंका लागेर बुझ्न खोज्दा झुटा विवरण पेश गरेको खुलेपछि पक्राउ गरि अनुसन्धान गर्न प्रहरीलाई पत्रचार गरेको बताए । वडा अध्यक्ष अर्यालले आफुलाई फसाएको भन्दै अनुसन्धान गर्न उजुरी समेत दिएकोले उनलाई प्रतिवादी नबनाएको हुन सक्ने उनले बताए ।

यता वडा अध्यक्ष अर्यालसँग बुझ्न खोज्दा उनी सम्पर्क विहीन भएका छन् । त्यस्तै वडा सदस्य साहसमेत गायब छन् । स्थानियबासीको अनुसार वडा अध्यक्ष अर्याल उपचारको बहानामा सम्पर्क बिहिन छन् । वडा सचिव तिम्सिना घरयासी काम देखाउँदै विदा लिएर बसेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर