RUMPUM
animated ellipse animated ellipse

नेपालमा रोग पत्ता नलागेपछि प्रदेश १ का मुख्यमन्त्री राई उपचारकालागि थाइल्याण्ड प्रस्थान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ कार्तिक २०७५, शुक्रबार १८:०८
3
Shares
फाइल तस्वीर
विराटनगर /प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन्।

मुख्यमन्त्री राईको घाँटीमा देखिएको रोगको पहिचान नेपालका कुनै पनि अस्पतालबाट नभएपछि उनी उपचारकालागि बैंकक लागेका हुन् ।

विगत १ वर्षदेखि घाँटीको पछिल्लो भागमा समस्या झेलिरहेका मुख्यमन्त्री राईको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

यसअघि
मुख्यमन्त्री राई वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराए पनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए।

मुख्यमन्त्री राई कात्तिक २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईले स्वास्थ्य उपचार निजी खर्चमा गरिने र सरकारको एक पैसा पनि नलिने यस अघिनै घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर