RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ लाई भष्ट्रचार र अपराधमुक्त प्रदेश बनाउँने लक्ष्य : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०७५, आईतवार १८:२३
3
Shares
विराटनगर / सामुदायिक सुरक्षा अभिबृद्धि गर्ने उद्देश्यले एक नम्बर प्रदेश प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने नाराका साथ उक्त साझेदारी कार्यक्रम आज एक नम्बर प्रदेशको सबै जिल्ला र स्थानिय तहमा एकै साथ सुरु भएको हो ।

स्थानिय तह र स्थानिय प्रहरीबिच प्रभावकारी समन्वय र सहकार्यगरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न उक्त कार्यक्रम लागु गरिएको हो । नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरु र विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागिता हुनेगरी जिल्ला, वडा, टोल र विद्यालय स्तरमा समेत समितिहरु गठन गरि बृहत साझेदारी निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिकामा आज समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको शान्ति सुरक्षा कायम राख्न सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारको योजना प्रदेश १ लाई भष्ट्रचार र अपराधमुक्त प्रदेश बनाउने लक्ष्यकासाथ समुदायीक प्रहरी साझेदारी कार्यक्रम ल्याएको वताए ।

एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले एक नम्बर प्रदेशको जनसंख्याको तुलनामा सुरक्षाकर्मीको संख्या कम रहेको बताए । अहिलेको तत्काल जनशक्ति थप गर्नसक्ने अवस्था नरहेको बताउँदै उनले भएको जनशक्तिलाइ नै प्रवधियुक्त र जनतासंग एकाकार बनाएर शान्ति सुरक्षा कायम राख्न उक्त कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सामजिक विकास मन्त्री जिवन घिमीरेले कार्यक्रमले जनता र प्रहरी विचको दुर घटाउने बताए ।

कार्यक्रममा नेपाल प्रहरीले तयार पारेको साझेदारी पत्रमा स्थानीय तहका प्रमुख र मोरङ प्रहरी प्रमुख मनोज केसीले हस्ताक्षर गरेका छन् । उर्लाबारी नगरपालिकाका मेयर खडग फागो, रतुवामाई नगरपालिकाका मेयर रविन राई, रंगेली नगरपालिका मेयर दिलिप वगडिया, सुनवर्सि नगरपालिकाका मेयर कालिप्रसाद दास, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहलगायतले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममां प्रदेश १ प्रहरीका प्रमुख केदार रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणबारे जनाकारी गराए ।

एक नम्बर प्रदेशमा ११ हजार सुरक्षाकर्मी कार्यरत छन् । विप्द व्यवस्थापन, साइवर सुरक्षा, प्राकृतिक श्रोत दोहन नियन्त्रण, मानव वेचविखन, लागु औषध, मदिरा, महिला हिंसा नियन्त्रण, सडक सुरक्षा लगायतका विषयलाइ प्राथमिकतामा राखेर उक्त कार्यक्रम संचालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर