AArya
RUMPUM
animated ellipse animated ellipse

निमार्ण भएको महिना दिन नवित्दै भत्कियो नाला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७५, आईतवार २१:०६
3
Shares
कुुमोद अधिकारी
रंगेली / दर्वेशा कानेपोखरी सडकखण्डमा निमार्ण भएका नाला वर्षाको पानीले भत्काएको छ । रंगेली–७ मा रहेको चैनवाला धर्मशाला सडकको पश्चिमतर्फ भर्खरै वनेको नाला वर्षाको पानलिे भत्काएको हो ।

आज विहान आएको वर्षाका कारण झण्डै १५ मिटर नाला भत्काएको हो । यस अघिपनि केहि हप्ता अघि सोही ठाउँको नाला वर्षाको पानीले भत्काएको थियो । निमार्ण भएको एक महिना नवित्दै पटक पटक यसरी नाला भत्किन थालेपछि सडक निमार्णमा गुु्णस्तरयुुक्त काम नभएको स्थानियको गुुनासो छ ।

स्थानिय मछिन्द्र कटवालले नालाको तलको जोडाईमा सिमेन्ट कम भएर कमसल काम भएकाले नाला भत्किएको वताए । रंगेलीदेखि कानेपोखरीसम्म २४ किलोमिटर सडकमा अहिले सडक तथा सडकको दायावाया नाला समेत निमार्ण भइरहेको छ । कुुन कम्पनीले कसले काम गरेको हो कसैलाई थाहा छैन यसरी राम्रो काम नहुुदापनि कसलाई भन्ने र काहाँ गएर गुुनासो गर्ने जानकारी नभएको कटुवालले वताए ।

लामा डाफे द कंचनजघा कन्ट्रक्सन कम्पनीले आगामी एकवर्ष भित्र सडक निर्माणको काम सम्पन्न गर्ने गरी काम गरि रहेको छ । कम्पनीको लापरवाहीका कारण समस्या आएको कटुुवालको भनाईछ । नालामा प्रयोग गरिने सिमेन्ट वनाउँने काम समेत सडकमै गर्ने गरेको सो सिमेन्टमा सडकको माटो मिसिने गरेकाले सिमेन्टको जोडाई प्रभावकारी नभएको र सामान्य वर्षाको पानी समेत थाम्न नसक्ने गरेको स्थानियको गुुनासो छ ।

अर्का स्थानीय रजनी ऋषिदेवले आफनै घर अगाडी यसरी दुुईपटक नाला भत्केको सुुनाइन् । उनले काम राम्रो भएको भए यसरी नाला नभत्कने भन्दै यसतर्फ सम्वन्धित निकायले ध्यान जानुु पर्ने वताइन् । ७० करोड २४ लाखमा निमार्ण सम्पन्न गर्ने गरी गत वर्ष देखि सडकको काम शुुरु भएको हो । निमार्ण कम्पनीले केहि महिना अघि नाला निमार्णको क्रममा तीन नम्वर इट्टाको प्रयोग गरेको भन्दै स्थानियले व्यापक गुुनासो गरेका थिए । मापदण्ड विपरितको इट्टा प्रयोग गरेको भन्दै अस्पताल चौकमा स्थानियहरुले काम समेत रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर