पूर्वाञ्चल खबर
आज अपरान्न साढे १२ बजे काँकडभिट्टाबाट धरान जादै गरेको को १ ख ४५१७ नम्बरको यात्रुबाहाक बसको स्टरीङ काड्दा अनियन्त्रित भई दुर्घटनामा परेको पथरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ४ जना वाहेक बाकी सबैको स्थानीय पथरी अस्पतालमा सामान्य उपचार पछी घर फकिसकेका इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा लगभग ४० देखि ४५ जना यात्रु सबार रहेको पथरी प्रहरीले जनाएको छ ।
घटनामा घाइते मध्ये इटहरी–४, की हेमकुमारी खड्काको टाउँकोमा चोट र उर्लाबारी –१,कृष्ण रिजाल देब्रेकोखमा भित्री चोट लागेकाले पथरी हस्पिटलमा उपचार भैरहेको छ ।