पूर्वाञ्चल खबर
प्रहरीले मंगलवार जिल्लाका विभिन्न स्थानहरुमा सवारी साधन चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउँने ८८ वटा सवारी साधन नियन्त्रणमा लिइ कार्वाही गरेको जनाएको छ । जस्मा मोटरसाईकल ७४, ट्रक २, ट्याक्टर ४, टेम्पो ५ र सिटिसफारी ३ जना चालक कार्वाहीमा परेका हुन् । यसरी पक्राउ परेका चालकलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिई परिक्षाको लागि जिल्ला प्रहरी कार्यालतय मोरङमा पठाएकोमा ३० जना सवारी चालकहरु लिखित परिक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्राफिक नियमसंग सम्बन्धित बिभिन्न ८० वटा प्रश्नहरु सोधिएकोमा १५ जना उत्तीर्ण भएका छन् भने अनुतिर्ण भएका अन्य चालकहरुलाई पुनः परिक्षामा सामेल गराई उत्तीर्ण भए पश्चात ट्राफिक नियम सम्बन्धी जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्वाहीको लागि पठाईएको छ ।