पूर्वाञ्चल खबर
विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि निर्वाचित भएका नयाँ पदाधिकारीहरूको पदस्थापन गरिएको हो । समितिको अध्यक्षमा निर्वाचित भएका इन्द्रकुमार राईको नयाँ नेतृत्वको टिमलाई निर्वाचन समितिको संयोजक डा. उद्धब पोखरेलले प्रमाणपत्र वितरण गरि पदस्थापन गरेका हुन् । समितिको उपाध्यक्षमा मोहन बुढाथोकी,सचिब अर्जुन श्रेष्ठ, कोषाध्यक्ष शिवप्रसाद अधिकारी सह–सचिब नन्दलाल मण्डल रहेका छन् । सदस्यहरु हिरा थापा पर्शुराम घिमिर कृष्ण श्रेष्ठ,अशोक लामा, भीमबहादुर राजवंशी र मिना आचार्य रहेका छन् ।
कार्यक्रममा बोल्दै प्याब्सनको केन्द्रीय सल्लाकार टिकारम पुरीले महानगरपालिका बनाउने शिक्षा नितीमा प्याब्सनले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । उनले विद्यालय शान्तिपूर्ण क्षेत्र भनिएपनि यो भाषणमा मात्र सिमित भएको भन्दै प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । नवनिर्वाचि प्याब्सन नगरको अध्यक्ष इन्द्रकुमार राईले अहिले आएको विदेशपूर्ण शिक्षा निती सच्याएन व्यापक रुपमा दबाव सृजना गर्ने बताए । उनले नयाँ आएको टिमलले रचनात्मक क्रियाकलापहरू गर्दै प्याब्सनलाई एक ढिका बनाएर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेश दास, मोरङका निवर्तमान अध्यक्ष बासुदेव न्यौपाने, पूर्व केन्द्रीय कोषाध्यक्ष डा. उद्धब पोखरेल, प्रदेश सचिव टिकाराम ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइटेललगायतले बधाइ तथा शुभकामना दिएका छन् ।