पूर्वाञ्चल खबर
घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र व्यापार गरिरहँदा पनि नियामक निकाय भने मौन छ। ‘गृहमन्त्रप्कै अगाडि निर्मलाको हत्यारालाई कारबाही माग गर्दै कार्यक्रममै उत्रिँदा धरपकड’ भन्दै युट्युब च्यानलमा अपलोड भएको भिडियो एक लाखभन्दा बढीले हेरेका छन् ।
त्यसैगरी ‘यसरी बलात्का गरेछन् निर्मला पन्तका हत्याराले, बाहिरियो डरलाग्दो गोप्य’ नामको युट्युब लिंक तीन हजारभन्दा बढीले हेरेका छन्। ‘निर्मला पन्तको बलात्कारी पुलिस नै रहेछ’ भन्ने युट्युब भिडियो सात हजार भन्दा बढीले हेरेका छन् । अहिले सयौँ युट्युब च्यानलमा निर्मलाको नाम जोडेर लिंकहरू राखिएको आजको नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।