पूर्वाञ्चल खबर
खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका छिमेकीबाट बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार बलात्कारको आरोप लागेकाहरुको खोजी भइरहेको छ । बृद्धा र बालिका दुबैजना मंगलबार साँझ बलात्कृत भएको र बुधबार प्रहरीलाई जानकारी आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी भावेश रिमालले जानकारी दिए ।
परिवारका सदस्यहरु जितिया पर्वमा व्यस्त भएका बेला स्थानीय १८ वर्षीय किशोरबाट बालिका बलात्कृत भएको र ७० वर्षीया बृद्धालाई स्थानीय ४० वर्षीय युवकले डर, त्रास देखाइ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।