पूर्वाञ्चल खबर
नेपाल धितोपत्र बोर्ड नेपालले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्रादेशिक पूँजी बजार प्रर्दशनी हुने बारेमा जानकारी गराएको हो । नेपालको राजनितीक क्रान्तिको उदय मात्र नभएर औद्योगिकरणको थालनी भएको ऐतिहासिक विराटनगरमा पहिलो पटक पूँजी बजार प्रर्दशनी गर्न लागिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए । प्रदेश नम्बर एकमा वित्तिय नयाँ बजारको पहुँच पुगेको अवस्थामा यस क्षेत्रका नागरिकलाई धितोपत्र बजारको बारेमा सम्पुर्ण जानकारी गराउने मुल उदेश्य प्रदर्शनीको रहेको कार्कीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कार्कीले प्रर्दशनीमा लगानीको अवस्था, लगानकर्ताहरुका लागी जानकरी, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ्ग संस्था,सामुहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यावसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्य सम्बन्धी सेवा प्रदान गरिने छ ।
त्यसैगरी प्रर्दशनीमा धितोपत्र बजार सम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनहरुको निशुल्क वितरण,प्रदेश तथा स्थानिय तहको विकास निर्माणका लागी आवश्यक पुँजी परिचालको संभावनका सम्बन्धमा जानकारी दिने तयारी गरिएको जानकारी दिईएको छ ।
प्रर्दशनीमा सहभागी हुन आउने आगन्तुकलाई एकै छाना मुनी धितोपत्र र वस्तुविनियम बजार सम्बन्धी विविध जानकारी एकै ठाउँमा दिईने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।