पूर्वाञ्चल खबर
आज विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री वादलले यस्तो बताएका हुन् । मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने छ उनले भने ।
गृहमन्त्री बादलले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ती सुरक्षा खलवलाउने एवम् अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गरिरहेको दावी समेत गरे ।
गृहमन्त्री बादलले नेपाली जनताले दिएको जनादेश अनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि कार्य गरिरहेको वताउँदै विगत छ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको समेत वताए । उनले विगतमा देशमा हुने वम विष्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दावी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको बताए ।
निर्मला पन्त उच्च स्तरीय छानवीन समितिले सरकारलाई प्रतिबेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाडै कार्वाहीको कारवाहीको प्रक्रियामा आउने गृहमन्त्री बादलले वताए ।
उनले कंचनपुरकी बालीका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रीपरिषदमा छलफल भएपछि सार्वजनिक गरिने जनाए । गृहमन्त्री थापाले वर्तमान सरकार राम्रो कार्य गरिरहेकोले पराजीत तथा विगतका षडयन्त्रकारीहरुले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने कार्य गरिरहेको बताए ।
उनले मुलुकमा अस्थिरता चाहनेहरुले सरकारले राम्रो काम गर्दा सरकार गिराउनेसम्मको षड्यन्त्र समेत गरिरहेको दावी गरे । गृहमन्त्री थापा केही दिन अघि हत्या गरिएका सुनसरीको हरीनगराका शिक्षक खुर्शिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्न आज विराटनगर आएका हुन् ।