पूर्वाञ्चल खबर
बेलायतको वाल्भरह्याम्टन विश्वबिद्यालयको विविएम कोर्ष पढिरहेका १० जना बिद्यार्थी थाइल्याण्डको एक हप्ताका लागि युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा थाइल्याण्ड गएका थिए। ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित ५ वटा कलेजहरुबाट कुल १ सय बिद्यार्थी उक्त शैक्षिक भ्रमणमा गएका थिए ।
बिद्यार्थीको अनुभव यस्तो छ
युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा भएको शैक्षिक भ्रमणबाट धेरै अनुभव प्राप्त गर्न सकेको कलेजमा तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी इन्साफ पोखरेलले बताए । भ्रमणले सवै बिद्यार्थीमा बिषयगत ज्ञानका साथै अन्तरास्ट्रिय ब्यापार, काम गर्ने शैली , उद्यमशीलता लगायतका धेरै बिषयमा लिएको अनुभवले पढाइ साथै आफ्नो करियरमा ठुलो महत्व राख्ने अर्का विद्यार्थी सुमन मगर बताउँछन ।
विद्यार्थीलाई किताबी ज्ञानका साथै अन्तरास्ट्रिय शैक्षिक अनुभवले क्षमतावान बनाउने बिश्वास कलेजले लिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहाल बताउँछन ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (विविएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं । मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।