AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राजनीति प्रणाली र निर्वाचनको तामझामले जनप्रतिनिधिलाई भ्रष्टचारी बनाउँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०७५, मंगलवार २०:४६
3
Shares
विराटनगर / राजनीति प्रणाली र निर्वाचनको तामझामले जनप्रतिनिधिलाई भ्रष्टचारी बनाउन प्रेरित गरेको प्रदेश सभा सदस्यले बताएका छन् । संवाद समुह मोरङले आज बिराटनगरमा आयोजना गरेको संवादमा उनीहरुले निर्वाचनको समय देखि नै भ्रष्टाचारको काम शुरु हुने भएकोले त्यहीबाट भ्रष्टाचार रोक्नु पर्नेमा जोड दिएका हुन् ।

राजनितिलाई ब्यवसाय भन्दा पनि राजनैतिक संस्कारको रुपमा लैजानु पर्ने भन्दै सांसदहरुले भ्रष्टाचार र शुसाशनको काम निर्वाचनको बेला देखि नै शुरु गर्ने हो भने पछिल्लोअवस्थासम्म देखिने भ्रष्टाचार रोकिने बताए ।

समाजको मनोव्रती भ्रष्टाचार उन्मुख रहेकोले त्यसलाई पनि निरुत्साहित गर्ने तर्फ प्रदेश सभामा सांसदको भुमिका निर्वाह गर्नसक्नु पर्ने उनीहरुरको धारणा छ । नितीगतमा हुने भ्रष्टाचार न्युनिकरण हुने बितिकै सुशासन कायम हुने भएकोले त्यो रोक्न केन्द्रबाट नै पहल हुनु पर्ने सांसदको सुझाव छ ।

प्रदेश सरकार कडा रुपमा भ्रष्टाचार न्युनिकरणको लागि सुशासनको पक्षमा लाग्ने मात्र हो भने पनि धेरै भ्रष्टाचारका बिषयहरु रोकिने छ । ‘जनताले भ्रष्टाचारको लागि उकास्नुले जन प्रतिनिधिलाई भ्रष्ट मानशिकताको विकास भएको पाईएको छ, त्यो कार्यकर्ता तहबाट रोकिनु पर्छ, सांसदले भने ।’ पार्टी नेतृत्व भित्रैबाट भ्रष्टाचार रोक्नको लागि कठोर अभियान चलाईनु पर्छ त्यसको लागि निर्वाचनको सन्दर्भमा कानुन बनाईनु बनाईनु पर्ने तर्क सांसदको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने कानुनको अभाव छैन तर कार्यान्वयलाई कडाई हुनु पर्ने समेत उनीहरुको भनाई छ । खर्चिलो निर्वाचन प्रणाली भएकोले निर्वाचन प्रणाली परिवर्तनको खाँचो रहेको समेत सांसदले औल्याएका छन् । कानुन, संरचना निर्माण, नेतृत्वमा ईमान्दार ब्यक्ति पठाउने, प्रदेशको सकारात्मक अभ्यासले सुशासनसँगै सुधारको पक्षमा समाज अगाडी बढ्नसक्नेमा सांसदले एकमत जनाएका हुन ।

प्रदेश सभा सदस्य उपेन्द्र घिमिरेले सुशासनको पक्षमा प्रदेश सांसदको भुमिका नपुगेको बताए । ‘अहिलेपनि खुलेयाम भ्रष्टाचारहरु भईरहेको छ, उनले भने, भुमिका नहुँदा बोल्न सक्ने अबस्था छैन ।’ ओखलढुङ्गाबट प्रतिनिधित्व गर्ने सांसद मोहनकुमार खड्काले भर्खरै प्रदेश सरकार बन्ने चरणमा रहेको र त्यसको संयन्त्रबाट केही काम गर्ने प्रयास भईरहेकोले त्यसलाई ब्यवस्थित र संयन्त्र संचालनको काम सँगै नहुँदासम्म सुशासन हुन नसक्ने बताए । सुशासन कायम गराउनको लागि प्रदेश तहबाट मात्र केही हुन सक्दैन । त्यसकोलागि केन्द्र, प्रदेश र स्थानीय तह बिच समन्वय हुनु पर्ने उनको तर्क छ ।

प्रदेशसभा सदस्य जयराम यादवले भ्रष्टाचार एक नम्बर प्रदेशमा मात्र हैन भ्रष्टाचार सवैतिर छ । तर त्यसको नियन्त्रणको थालनी एउटा नागरिकबाट नै गर्नुपर्छ । कानुन निर्माणमा प्रदेश सांसदको भुमिका हुने भएकोले त्यसको लागि सुशासन कायम गराउने कानुन ल्याएर सबै एक भएर अघि बढ्नु पर्ने यादवले बताए ।

एक नम्बर प्रदेश सभामा कांग्रेसका सचेतक सुयर्माराज राईले अहिलेको अबस्था हेर्दा हामी सबै नेपाली भ्रष्टाचारी हौँ की जस्तो लागेको खुलासा गरेका छन् । ‘भ्रष्टाचारको अबस्था धेरै माथि पुगेको छ , उनले भने, निर्वाचनको बेलामा भ्रष्टाचार हटाउने र सुशासनका कुरा गरेको भएपनि त्यो आफैबाट कसरी शुरु गर्न सकिन्छ भन्ने चिन्ता छ ।’ उनले पहिला आफ्नै जीवन शैली र सोच बदल्नु पर्ने बताउँदै सांसद आफै पनि रोल मोडेलको रुपमा देखिन सक्नु पर्ने तर्क गरे ।

त्यस्तै प्रदेश सभा सदस्य यशोदा अधिकारीले प्रदेश सभाबाट सुशासन सम्बन्धि बिधेयक आउँदै गरेकोले त्यो पास भएर जाने बितिकै बल्ल सुशासनको प्रत्याभुती हुने बताए । अहिलेसम्म सुशासन नहुनुको भनेको कानुन कार्यान्वयन नै फितलो भएको उनको तर्क छ । कानुनलाई कडाईका साथ कार्यान्वयनमा जाने हो भने अहिले देखिएका भ्रष्टाचार तथा सुशासनका कुराहरु स्वत हराएर जाने उनको भनाई छ ।

उदयपुरका सांसद बिमल कार्कीले अब प्रदेश सरकारले प्रदेशको कुशासनलाई सुशासन तर्फ लैजानको लागि प्रभावकारी भुमिका खेल्नुपर्ने बताए । पछिल्लो समय देखिएको बिकृतपुर्ण राजनीति संस्कृतीले भ्रष्टाचार जन्माएको उनको भनाई छ । समाजको मनोबिज्ञानका आधारमा पनि बिधि र प्रक्रिया मिच्ने काम भएका छन्, उनले भने, ‘म एउटा प्रदेश सांसद सार्बजनिक सवारी साधनमा चढेर हिडेँभने समाजले हेर्ने दृष्टीकोण नै फरक भएर जान्छ । उनीहरुले स्वत भन्छन्न, एउटा सांसद भएर पनि गाडी चढ्न नसकेको ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर