AArya
RUMPUM
animated ellipse animated ellipse

हत्या आरोपमा बाबुछोरा र छिमेकी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०७५, आईतवार २१:०५
3
Shares
विराटनगर / सुनसरी हरिनगरा गाउँपालिका वडा नं ३ बस्ने बर्ष ५० को महानन्द साहको कुपपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मदिरा सेवन पछि भएको बिववाद हुँदा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले बुढिगंगा गाउँपालिका ३ बस्ने बर्ष ६० को धनपाल सरदार, उनका छोरा ४० बर्षिय बाबुचन सरदार, ५० बर्षिय छिमेकी बिनोद सरदारलाई पक्राउ गरेको हो । उनीहरुलाई आज पक्राउ गरिएको हो ।

गत भदौ २२ गते धनपाल सरदारको होटलमा मादक पदार्थ सेवन गरी साहले बिबाद गरेका थिए । बादविवाद हुँदा होटल सञ्चालक धनपाल सरदार समेतले कुटपिट गरी घाईते बनाई कोशी राजमार्गमा ल्याएर छाडेका थिए । अचेत अवस्थामा राजमार्गमा भेटिएका साहलाई प्रहरीले उपचारकालागि कोशी अञ्चल अस्पताल पू¥याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर