RUMPUM
animated ellipse animated ellipse

बिदाको दिन काममा लगाई श्रम शोषणको अन्त्य गर्नुपर्ने माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७५, बुधबार १९:४२
3
Shares
विराटनगर / संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) प्रदेश १ ले निजी विद्यालयका कार्यरत शिक्षकहरुलाई अनिवार्य रुपमा नियुक्ती पत्र दिने व्यावस्था गर्न माग गरेको छ ।

आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापन पत्र बुझाउदै इष्टुले प्रदेश स्तरीय तथा स्थानीय तह स्तरीय शिक्षा समितिमा इष्टुको अनिवार्य प्रतिनिधित्वको माग गरेको हो ।

१४ बुदे ज्ञापन पत्र बुझाएको इष्टुले शनिवार र सार्बजनिक बिदाको दिन काममा लगाई श्रम शोषणको अन्त्य गर्नुपर्ने, सबै स्थानीय तह र प्रदेश सरकार अन्तरगत सञ्चालन हुने शिक्षा सम्बन्धी तालिम तथा गोष्ठीहरुमा इष्टुको प्रतिनिधित्व गराइनु पर्ने लगायत १४ बुदे माग पेस गरिएको इष्टु मोरङ सचिव चिराग ढंगानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर