पूर्वाञ्चल खबर
खोलाले बगाएर मोरङ धनपालथान गाउँपालिका – ६ बस्ने ४५ वर्षीय अमरेश सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिहान साढे ८ बजे घर नजिकै रहेको खोलामा हातखुट्टा धुने क्रममा अचानक चिप्लिएर लड्दा खोलाले बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएका सहनीलाई खोजतलास गर्ने क्रममा १ किलोमिटर तल मोरङ कटहरी गाउँपालिका – ४ स्थित लोहन्द्रा पुल नजिकै आफन्तले उनको शव फेला परेका थिए । प्रहरीले शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अंचल अस्पताल राखिएको मोरङ प्रहरीले जनाएको छ ।