AArya
RUMPUM
animated ellipse animated ellipse

यू–१८ राष्ट्रिय टिमलाई स्तब्ध पार्दै इलाम डाँगीहाट गोल्डकपको अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०७५, मंगलवार १९:२६
3
Shares
बेलबारी / यू–१८ राष्ट्रिय टिमलाई स्तब्ध पार्दै इलामको हर्ष क्लब मोरङको बेलबारीमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

लक्ष्मीमार्ग स्थित खेलमैदानमा आज भएको खेलमा यू–१८ राष्ट्रिय टिमलाई सडन डेथमा ५–४ गोल अन्तरले स्तब्ध बनाउँदै इलामले नतिजा आफ्नो पक्षमा पारेको हो । आजको खेलसंगै डाँगीहाट गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । वर्षाका कारण हिलाम्य बनेको मैदानमा कष्टपूर्ण रुपमा खेलेका दुबै टिमले निर्धारित समयमा नतिजा निकाल्न नसक्दा खेल सडन डेथ सम्म धकेलियो ।

दुबै टिमबाट निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि ४÷४ गोलको बराबरी भएपछि खेलको छिनोफानो गर्न सडन डेथ सम्म पुग्नु प¥यो । इलामको जितमा गोलरक्षक मनोज प्रधान नायक बने । सडक डेथमा विपक्षी खेलाडीको प्रहारलाई उत्कृष्ट ढंगबाट बचाउँदै खेलको म्यान अफ दी म्याच घोषित प्रधानले आफ्नो टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

टाईब्रेकरमा इलामका तर्फबाट प्रदिप विष्ट, पिकेश लिम्बू, हिसव खतिवडा र रोमन भुजेलको प्रहारले जाली चुमेको थियो । टाईब्रेकरमा दर्शन गुरुङले गरेको पहिलो प्रहारलाई नै यू–१८ का गोलरक्षक विष्णुकुमार केसीले रोकिदिंदा इलाम दवावमा परेको थियो । यू–१८ का तर्फबाट दिनेश हेन्जन, मनिष थापा, रन्दिप पौडेल र नविन गुरुङको प्रहार मात्रै गोलमा परिणत भयो । विकास खवासको प्रहारलाई इलामका गोलरक्षक प्रधानले बचाइदिंदा दुबै टिमको बराबरी गोल हुन पुग्दा टाईब्रेकरमा पनि खेलको नतिजा निस्कन सकेन ।

सडन डेथमा इलामका हिपमेन लिम्बूको प्रहार गोलमा परिणत भयो । जय गुरुङ गोल गर्न चुक्नु नै यू–१८ को हारको मुख्य कारण बन्यो । उनको प्रहारलाई गोलरक्षक प्रधानले रोक्न सकेकै कारण इलामको भाग्य चम्कियो ।

खेलअवधि भर उत्कृष्ट प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा लिए पनि फिनिसिङ फितलो हुँदा यू–१८ नतिजा विपक्षीलाई सुम्पन बाध्यो ।

बुधबारको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाईज क्लब काठमाडौं र मोरङ फुटबल एकेडेमीबीच प्रतिष्प्रधा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर