RUMPUM
animated ellipse animated ellipse

जन्मदिन मनाउने पैसाँले बाढी पीडितलाई सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०७५, मंगलवार १७:११
3
Shares
विराटनगर / विराटनगरका एक यूवाले आफनो जन्मदिन मनाउने खर्चले बाढी पीडितलाई सहयोग गरेका छन् ।

सुमन प्रसाइले आफनो जन्मदिन मनाउने खर्चले विराटनगरको बाढी पीडितहरुलाई खाद्यान्य सहयोग गरेका हुन् । जन्मदिनमा मोचमस्ती गरि फजौल खर्च गरीरहेको अवस्थामा उनले केही हप्ता अगाडी आएको बाढीबाट बिस्थापित भएका ६ घर परिवारलाई खाद्यान्य सहयोग गरेको उनले बताए । उनका अनुसार ८ बोरा चामल, १२ किलो भुजा, २० किलो दाल, १२ किलो चिउरा, १० प्याकेट नुन, २५ प्याकेट बिस्कुट, २ सय पिस क्यान्डल, १० वटा झुल र १० जोडी चप्पललागाएतका सामाग्री आज बाढी पीडितलाई हन्तानतरण गरेको लियो क्लबका उपाध्यक्ष पेरिस सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर