RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट देशकै उत्कृष्ट विद्यालय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७५, बुधबार २०:१७
3
Shares
विराटनगर / विराटनगर महानगरपालिका – ६ मा रहेको एभरेष्ट ईङ्गिलस बोर्डिङ स्कूल देशभरबाट उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

नेपाल सरकारले निर्धारण गरेका मापदण्ड पुरा गर्दै प्रदेश १ बाट एभरेष्ट मात्र उत्कृष्ट विद्यालय बन्न सफल भएको हो । नेपाल सरकारले कक्षा १२ सम्मको माध्यामिक शिक्षा उत्तिर्ण परिक्षा (कक्षा १२ ) मा सामुदायिक तीन र संस्थागततर्फका तीन विद्यालयलाई छनौट गरेको हो ।

यस्तै कक्षा १० सम्मको माध्यामिक शिक्षामा सामुदायीक र संस्थागत तर्फका ६ वटा विद्यालय छनौटमा परेका हुन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रकाशित सूचना अनुसार माध्यामिक शिक्षा उत्तिर्ण परिक्षा (कक्षा १२ ) मा राष्ट्रिय स्तरमा उत्कृष्ट हुने सामुदायिक विद्यालयतर्फ कास्कीको अमरसिंह माध्यामिक विद्यालय, काठमाडौंको विश्व निकेतन मावि, ललितपुरको बज्रबाराही मा.वि छन् । संस्थागत तर्फ मोरङ विराटनगरको एभरेष्ट इङ्गिलस बोर्डिङ मा.वि, भक्तपुरको एस. ओ. एस. हरमन माइनर मा. वि. र ललितपुरको नेशनल सेकेण्डरी स्कुल छन् ।

माध्यमिक शिक्षा परिक्षा (कक्षा १०) मा सामुदायीक तर्फ कास्कीको शितलादेवी सामुदायिक मा.वि.,ललितपुरको त्रिपद्म विद्याश्रम माध्यामिक विद्यालय र रुपन्देहीको कालिका मा.वि. छन् । संस्थागततर्फ कास्की मदरल्याण्ड मा.वि., ललितपुरको जेम्स मा.वि. र काठमाडौंको ज्ञान निकेतन मा.वि. उत्कृष्ट भएका छन् ।

उत्कृष्ट हुने विद्यालयहरुलाई ३९ औं राष्ट्रिय शिक्षा दिवस २०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शनिवार पुरस्कृत गरिने छ । पुरस्कार एक समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्ने बताइएको छ ।

क्षेत्रीयस्तरका तीनपटक पुरस्कार पाइसकेको एभरेष्टले यसपटक राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो । उत्कृष्टमा विद्यालय छनौट भएपछि विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले यो सफलताले थप जिम्मेवारी थपेको बताए । उनले भने,‘हामीले उत्कृष्टताका निरन्तर पुरस्कार प्राप्त गर्दै आएका छौं, ति मध्ये यो ठूलो पुरस्कार हो । यसलाई कायम राख्दै अघि बढ्न हामीलाई थप जिम्मेवार बनाएको छ ।’ विद्यालय स्थापना भएको २५ औं वर्षमा पाएको यो उपलब्धिलाई उनले रजतजयन्तीको सुन्दर उपहारका रुपमा लिएको प्रतिकृया दिए । आगामी दिनमा पनि यस्ता सफलता प्राप्त गरिरहने प्रतिबद्धता व्यक्त गरेका प्रिन्सिपल पुरीले शैक्षिक गुणस्तर कायम गर्दै अब प्राविधिक शिक्षातर्फ अघि बढ्ने बताए ।

प्रदेश १ बाट देशभरकै उत्कृष्ट विद्यालय बन्नु सवैका लागि उपलब्धिको विषय भएको अभिभावक संघ प्रदेश १ का प्रमुख देवी पन्थीले बताए । उनले यो सफलता विराटनगरबासीको मात्र नभएर प्रदेशबासीकै रहेको बताए । ‘पूर्व शैक्षिक हव हो भन्ने विषयलाई यसले पुष्टि गरेको छ’अभिभावक पन्थीले भने,‘अन्य शैक्षिक संस्थाले पनि शिक्षालाई व्यापार मात्र नबनाई शैक्षिक गुणस्तर बृद्धि गर्दै यस्ता उपलब्धिहरु हासिल गर्न सक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर