पूर्वाञ्चल खबर

गतबर्ष सडक बिगिएका कारण पूरा रुट नहिडेको रथयलाई यस बर्ष भने पूरानै रुट अनुसार घुमाइने छ । विराटनगर तीनपैनी स्थीत राधाकृष्ण मन्दिर परिसरबाट निस्कने रथ ट्राफिक चोक, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी हुदै पुन मन्दीर परिषर तीनपैनीमा पुगेर समापन हुने छ ।
रथयात्राकालागि सडकहरुको खाल्डा खुल्टी पुरिएको महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । उनका अनुसार सधै भत्कीएको ठाउँमा कालोपत्रे गर्ने चलन रहेपनि यसपाली भने ढुंगागिटी र बालुहा हालेर मिलाइएको छ । निर्माणकालागि पूनः सडक भत्काउनु पर्ने भएकाले दोहोरो खर्च नगरेको मेयर पराजुलीले जानकारी दिए । भक्तजनहरुको भिडलाई मध्यनजर गर्दै सडकका भत्कीएका नालीहरुमा अस्थायी स्लाब पनि प्रयोग गरिएको छ । रथपात्राकालागि नृत्य तथा झाँकी प्रदर्शनकालागि १७ वटा स्थान तोकिदिएको छ । राधाकृष्ण रथयात्रामा अबान्छित गतिविधि नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिने छ ।
राधाकृष्ण मन्दिरबाट निस्कीने रथ एसियाको ठूलो जगन्नाथ पुरीको रथयात्रा पछिको दोस्रा ठूलो रथयात्रा मानिदै आएको छ । श्री कृष्ण जन्मअष्टमीको भोली पल्ट निकालिने रथयात्रामा नेपाल तथा भारतबाट करिब पाँचलाख भक्तजन सहभागि हुने रथयात्राले विराटनगर बजारको करिव ७ किलोमिटर दुरी पार गर्ने छ ।
एसियाकै ठुलो रथयात्रा भारतको जगन्ननाथ पुरीको रथयात्रा पछिको दोस्रो रथयात्रा मानिनै आएको छ । रथयात्राको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकालागि अत्याधुनिक ड्रोन क्यामेराबाट रथयात्रालाई निगरानी गरिने छ भने १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित गरनिे भएको छ ।
रथयात्रालाई सुरक्षा प्रदान गर्न ड्रोन क्यामेरासहित विषेश सुरक्षाको टोली काठमाण्डौंबाट आएको मोरङ प्रहरीका प्रमुख मनोज केसीले जानकारी दिए । वि.स. १९८८ देखि खट यात्राको रुपमा सुरु भएको रथयात्रा वि.स. २०२५ सालदेखि रथयात्राको रुपमा सरू भएको हो ।