विराटनगर / विराटनगर–८ मा रहेको ग्रेडेड सेकेन्डरी स्कूलले राधाकृष्ण प्रतियोगिताको आयोजना गरेको छ ।
आज श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर स्कूलमा राधाकृष्ण प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा राधातर्फ यसकेजीकी टेरेसा खडका प्रथम, नर्सरीकी स्नेहा थापा द्धितिय र जेकेजीकी सृष्टिका अधिकारी तेस्रो भएकी थिइन् । त्यस्तै कृष्णतर्फ यसकेजीका सुलभ न्योपाने प्रथम, नर्सरीका एलेक्स पोखरेल द्धितिय र जेकेजीका हेमन्त राजवंशी तेस्रो भएका थिए ।
प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा यसकेजीसम्म ६२ विद्यार्थीहरु सहभागि रहेको स्कूलका प्रिन्सिपल प्रमसिंह सुवालले जानकारी दिए । विगत १० बर्षदेखि लगाताररुपमा सञ्चालन गदै आएको राधाकृष्ण प्रतियोगिता लगायत विविन्न प्रतियोगिता गदै आएको स्कूलले जनाएको छ ।