पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय मोरङले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को परिच्छेद ३ को दफा ३२ अन्तर्गत दायर गरेको अभियोग पत्र सरकारी वकिलको कार्यालयलाई बुझाएपछि बिहीबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिलको कार्यालयले सहकारीका प्रमुख विराटनगर ६८ वर्षिय इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षिय इश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षिय विष्णुप्रसाद सुवेदीलाई ठगि अन्गर्त मुद्दा दर्ता भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।
पक्राउ परेका तीन जना सहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । प्रतिवादीहरुको बायन हिजो दिउँसो देखि जिल्ला न्यायाधीश दिपक खनालको ५ नम्बर इजालसमा बयान सुरु भएको श्रेस्तेदार दुलालले जानकारी दिए । प्रतिवादीहरुको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
लामो समयदेखि विराटनगर – ९ बाटारोडमा सञ्चालनमा आएको सहकारीले २ सय ६८ जना बचतकर्ताको जाहेरीमा ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दावी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले जानकारी दिए । सहकारीमा एक जना बचतकर्ताले २२ लाख रुपैयाँ भन्दा बढी जम्मा गरेको पाइएको छ ।