AArya
RUMPUM
animated ellipse animated ellipse

बालिका अपहरण गरेर लैजाँदै गर्दा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ भाद्र २०७५, मंगलवार १९:०७
3
Shares
उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिका ६ बाट चार वर्षीय बालिकालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले प्रहरीलाई बुझाएका छन् ।

स्थानीय कमलकुमार घिमिरेकी छोरी कृतिकालाई अपहरण गरेर केही पर पु¥याएपछि झापाको दमक ८ घर बताउने ३० वर्षीय गोपाल कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार स्थानीयले बालिकालाई अपहरणमुक्त गर्दै घटनामा संलग्नलाई नियन्त्रणमा लिएका हुन् ।

अपहरण गरेको थाहा नपाएको भए बालिकालाई अपहरणमुक्त गर्न समस्या पर्ने तिमल्सिनाको भनाइ छ । घरको आँगनमै साथीहरुसंग खेल्दै गरेको अवस्थामा हिजो साँझ ७ बजे बालिकालाई अपहरण गरेर लगभग दुई सय मिटर पर पु¥याएपछि स्थानीयले थाहा पाएका थिए ।

प्रहरीका अनुसार उनीसंगै सात÷आठ वर्ष उमेर समूहका अन्य चार÷पाँच जना बालबालिका पनि खेल्दै थिए । छोरीलाई उठाउनु अघि उनीसंग खेल्दै गरेका अरुलाई लैजानका लागि फकाउने कोसिष गरिए पनि अरुले नमानेपछि चकलेट र फलफुल किनिदिन्छु भनेर फकाउँदै अपहरणकारीले आफ्नी छोरीलाई लिएर गएको बुवा कमलकुमारले बताए । उनका अनुसार छोरी कृतिकालाई नयाँ मान्छेले लिएर गएको देखेपछि संगै खेल्दै गरेका बालबालिकाले घर भित्र गएर सुनाएका कारण घटना थाहा भएको हो ।

पक्राउ परेका कार्कीले दमक घर बताउने गरे पनि उनले नेपाली नागरिकतालगायतका कुनै पनि कागजपत्र पेश गर्न नसकेका कारण घटना रहस्यम बनेको प्रहरीले जनाएको छ । बरु उनको साथबाट आछाम राज्यको तीनसुकिया जिल्ला स्थित गोग्राहा टोलको परिचय पत्र फेला परेपछि घटना थप शंकास्पद र रहस्यमय बनेको जानकारी प्रहरी निरीक्षक तिमल्सिनाले दिए ।

पक्राउ परेका यूवाले चिनजानकै जस्तो लगेर चकलेट र फलफुल किनेर दिन आफूले बालिकालाई लिएर गएको बयान प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दिएका छन् । प्रहरीले उनको साथबाट भारतको जलपाईगुडी सम्मको रेलको टिकटको अर्धकट्टी र पाँच÷पाँच सय रुपैयाँका दुईवटा भारतीय नोट पनि फेला पारेको छ । प्रहरीले बालिकालाई अपहरणपछि भारत कटाउन खोजेको हुन सक्ने आशंका गरेको छ ।

तिमल्सिनाले पक्राउ परेका यूवा बालबालिका भारत कटाउने गिरोहमा संलग्न भएको आशंकामा अनुसन्धान सुरु गरिएको बताए । उनले नेपाली कागजपत्र देखाउन नसक्नु, भारतमा लामो समयदेखि बसोबास गरिरहनु, साथमा भारतीय रुपैयाँ र रेलको टिकट समेत फेला पर्नुले बालिकालाई अपहरण गरेर भारततर्फ नै लैजान खोजेको देखाउने बतए । प्रहरीले पक्राउ परेका कार्की विरुद्ध अपहरण मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । घटना गम्भीर रहेका कारण अनुसन्धानपछि सबै वास्तविक कुरा खुल्दै जाने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर