पूर्वाञ्चल खबर
भदौ १४ गतेदेखि शुरु हुन लागेको महाधिवेशनमा ३६ जिल्लाका ३ सय प्रतिनिधिको सहभागिता रहने छ । कोशी अन्चल ईट्टा व्यावसायी संघले विराटनगरमा आज पत्रकार सम्मेलनगरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
संघका अध्यक्ष महेन्द्र साहले महाधिवेशनमा एक अध्यक्ष सहित दुई उपाध्यक्ष, तीन सचिव कोषाध्यक्ष र प्रादेशिक संरचना अनुसार सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा संयोजक चयन हुने छ । यसैगरी महाधिवेशनवाट सात जना सदस्य निर्वाचन हुने र ५ जना मनोनित गर्ने व्यवस्था छ ।
महाधिवेशनमा काचो ईट्टाको विमा, शिक्षा , स्वास्थ्य तथा उधोगको वातावरणको विषयमा छलफल हुने छ । थप एजेन्डाका विषयमा महाधिवेशनको अघिल्लो दिन भदौ १३ गते छलफल हुने जनाएको छ । दुई दिनसम्म चल्ने सो महाधिवेशन विराटनगरको हेरिसन होटमा हुदैछ । महाधिवेशनका लागी २५ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।
नेपालमा १ हजारभन्दा वढि ईट्टा उधोगहरु रहेका छन । त्यसमध्ये ८ सय उधोग संघमा दर्ता छन ।
पत्रकार सम्मेलनमा अध्यक्ष साहले मुलुुकभर २ लाख ४० हजार मजदुर उधोगमा कार्यरत रहेको र उधोगले वार्षिक नेपाल सरकारलाई ७० करोड भन्दा वढि कर तिर्ने गरेको वताए । वार्षिक ६ महिना संचालन हुने उधोगलाई राज्यले सहयोग नगरेको उधोगीहरुको गुनासो छ । उधोगका विकास तथा प्रादेशिक संरचना अनुसार उधोगलाई कसरी अगाडी वढाउने विषयमा समेत महाधिवेशनमा व्यापक छपलफल हुने साहको भनाई छ ।