RUMPUM
animated ellipse animated ellipse

सेवा सुविधा वृद्धी गर्न माग राख्दै महानगरपालिकमा धर्ना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०७५, सोमबार २०:५२
3
Shares
विराटनगर / बाल विकास केन्द्रमा अध्यापन गराउँने शिक्षकहरुले सेवा सुविधा वृद्धी गर्नु पर्ने माग राख्दै विराटनगर महानगरपालिको कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले नेपाल बाल विकास शिक्षक संघर्ष समिति बनाएर सोमबार महानगरपालिकाको गेट अगाडी धर्ना दिएका हुन् ।

सरकराले १३ वर्षदेखि कायम गरिएको ६ हजार रुपैयाँ तलब एक दशक भन्दा बढी हुँदा पनि सेवा सुविधा नबढाएको भन्दै आन्दोनमा उत्रिएका संर्घष समितिका अध्यक्ष लिला धमलाले बताए । उनले प्रावि स्कूलमा अध्यापन गराउने शिक्षक सरहको तलब बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरुको हुनुपर्ने माग गरिन् । त्यस्तै प्रारम्भिक बालविकास केन्द्रलाई शिक्षा ऐनमा संशोधन भएको कुरा कानुनमा उल्लेख गर्नुपर्ने, बालविकास केन्द्रको सट्टा बालविकास शिक्षा आधारभूत तह बनाउनुपर्ने उनीहरुले माग राख्दै महानगरपालिकाले धर्ना दिएका दिएका थिए ।

बाल विकास केन्द्र स्थानिय तह अन्तर्गत संचालन रहने भएकोले उनीहरुले महानगरपालिका सेवा सुविधा बढाउनुपर्ने माग राख्दै धार्ना दिएका हुन् । उनीहरुले ५ वर्ष मुनिका साना बालवालिकाहरुलाई स्थानिय सामुदायमा रहने बाल विकास केन्द्रमा राखेर अध्यपान गराउँदै आएका छन् । एक जना शिक्षकले २० जना साना बालवालिकाहरुलाई अध्यापन गराउँदै आएका छन् । उनीहरुले दैनिक ४ घण्टा पठाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर