AArya
RUMPUM
animated ellipse animated ellipse

तस्करीको सिमेन्ट सहित एक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ भाद्र २०७५, शुक्रबार १९:३५
3
Shares
विराटनगर / भारतबाट तस्करी गरेर ल्याउँदै गरिएको एक सय ५० बोरा सिमेन्ट सहित प्रहरीले आज एक जनालाई विराटनगर १८ भेडियारीबाट पक्राउ गरेको छ ।

सिमेन्ट लोड गरिएको को १ त ८४५ नम्बरको ट्रयाक्टर सहित विराटनगर १८ का पंकज यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले बताए । भारतमा उत्पादित कंक्रिटो फायभ एड्भान्टेज नामक सिमेन्ट तस्करी गरेर ल्याउँदै गर्दा एक सय ५० बोरा बरामद गरिएको उनको भनाइ छ । पक्राउ परेका यादव भारतको बथनाहादेखि मोरङको कटहरी सम्मको निर्माणाधिन रेल–वे लाइनका पेटी ठेकेदार समेत रहेको खुलेको छ ।

ठेकेदार यादवकै सक्रियतामा सिमेन्ट तस्करी हुने गरेको पाइएपछि रेल–वे निर्माणमा समेत तस्करी गरेर ल्याइएको भारतीय सिमेन्टकै प्रयोग हुने गरेको आशंकामा थप अनुसन्धान अघि बढाइएको निरौलाले बताए । प्रहरीले बरामद भएको सिमेन्ट र नियन्त्रणमा लिइएको ट्रयाक्टर सहित यादवलाई आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएर आफ्नो हिसावबाट पनि अनुसन्धान थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर