पछिल्लो दिनमा प्रदेश १ मा संक्रमणको संख्या बढ्दै , आज एकै दिन ४५८ जना संक्रमित थपिए

खबर पूर्वाञ्चल, ७ श्रावण २०७८, बिहीबार १६:५५

विराटनगर / पछिल्लो केहि निद यता प्रदेश १ मा कोरोना संक्रमण दिनहु दिन बढ्दै गएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज लएकै दिन ४५८ जनामा संक्रमण पुष्टि भएको नामएको छ । १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा ७०, विर्तामोडमा ३७, मेचीनगरमा २४, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, कमल गाउँपालिकामा ७, भद्रपुरमा ७, बुद्धशान्तिमा ६, बा¥हदशीमा ३, गौरादह र झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

यता मोरङको विराटनगरमा ५३, बेलबारीमा २७, केराबारीमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ४, पथरीशनिश्चरेमा ३, बुढीगंगा, लेटाङ र स्थानीय तह नखुलेका २–२, रतुवामाई र कानेपोखरीमा १–१, सुनसरीको धरानमा ४९, इटहरीमा ३०, कोशी गाउँपालिका, दुहवी, बराहक्षेत्र र देवानगञ्जमा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, धनकुटाको धनकुटा नगरपालिका, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, उदयपुरको कटारी र बेलकामा १–१, ताप्लेजुङको फुङलिङ, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको बराहपोखरी १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । आज ४०३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ११५ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५