RUMPUM
animated ellipse animated ellipse

नेपाली लेखक संघद्वारा रचना वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ भाद्र २०७५, बुधबार १९:४८
3
Shares
विराटनगर / नेपाली लेखक संघ मोरङले आज विराटनगरमा रचना वाचन तथा साहित्य विमर्श कार्यक्रम आयोजना गरेको छ ।

संघले हरेक महिना एकजना स्रष्टाको घरमा गएर उसकै रचना सुन्ने कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्तर्गत संघले आज कवि लक्ष्मी पोखरेलको घरमा रचना वाचन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कवि गोकुल अधिकारी, दिङ्लाली कान्छो, चूडामणि नेपाल अकिञ्चन, गायत्रीकुमार चापागाईं, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, भारती उपाध्याय, गंगाधर कट्टेल, माधव पोखरेल, डिल्लीराम अधिकारी, सर्वश्री भट्टराईलगायतले पोखरेलका कविता वाचन गरेका थिए ।

वाचन गरिएका कवितामाथि वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राध्यापक कविराज न्यौपाने, भवानीशंकर अधिकारीलगायतले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर