पूर्वाञ्चल खबर
प्रधामन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टीद्धारा आज विहान मोरङको पथरीशनिश्चरेमा आयोजित सभामा मोरङ ३ बाट निर्वाचित भानुभक्त ढकाल कानून मन्त्री भएकोमा बधाई दिँदै मन्तव्य व्यक्त गर्ने क्रममा सो कुरा बताएका हुन् । उनले आफु मुलुकलाई बदल्ने प्रतिज्ञा गरेर मुलुकको बागडोर सम्हालेको जनाउँदै आफुले मुलुकमा भ्रष्ट्राचार हुन नदिने प्रतिवद्धताकासाथ सवै पक्षबाट इमान्दारितापूर्वक काम भएमा मुलुकको समृद्धि हुनेमा जोड दिए ।
प्रधामन्त्री ओलीले तमोर नदीबाट उच्च बाँध बनाएर त्यहाँको पानी मोरङको चिसाङ खोलामा ल्याएर सिंचाईको व्यवस्था गर्ने, पूर्व पश्चिम तथा उत्तर दक्षिण रेलमार्ग सञ्चालन, पूर्व पश्चिम ६ लेण्डको सडकलगायत देशमा विकास निर्माणका गतिविधिमा क्रियाशिलता अघि बढ्दै गरेको चर्चा समेत गरे ।
सदियौं अघि विद्वान एवम् ऋषिमुनीको थलो नेपालमा लामो समय शासकको बैमानीले विकासमा पछि परेको अवस्थालाई चिर्दै लोकतान्त्रिक गणतन्त्रमार्फत मुलुकको समृद्धि अघि बढेको बताए । यस क्रममा केहीले यसखाले समृद्धिको बाटोलाई गलत अर्थमा व्याख्या गर्दै डलरको बोली बोल्ने गरेको टिप्पणी समेत गरे ।
आफ्नो स्वागतमा आयोजित कार्यक्रममा कानून मन्त्री ढकालले सुकुम्वासी समस्या, नदी कटान नियन्त्रण, जातीय सांस्कृतिक संग्रहालय सहित आफुले निर्वाचनमा घोषणाहरु पुरा गर्न आफु प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतले पथरीशनिश्चरे सहित प्रदेश र मुलुककै समृद्धिको योजनामा आफुहरु लागेको बताए ।
कार्यक्रममा, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले संघीय सरकारसंग नगरको सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या, खोला तटवन्ध, पथरी डाइनिया सडक निर्माण, विद्युत प्रशाखाको माग रहेको ज्ञापनपत्र समेत बुझाए । उनले प्रदेश सरकारका लागि नगरका मुख्य ३ वडा सडक निर्माणको माग गरे । सो अवसरमा, पथरी सुनचाँदी व्यवसायी संघले सो व्यवसायका समस्या, सुनाखरी माविले विद्यालयको भौतिक व्यवस्थापन सहितका माग राखे ।
पथरी उद्योग वाणिज्य संघले कानूनमन्त्री ढकाललाई बधाईपत्र प्रदान गर्यो । कार्यक्रममा, नेपाली कांग्रेस पार्टी त्याग गरी सुवास राई र रीना गुरुङ नेकपामा प्रवेश गरे । पथरी बजारको कार्यक्रम सकेर आफ्नो गृह जिल्ला झापा लागेका प्रधानमन्त्री ओलीले कमल गाउँपालिकाको लखनपुरस्थित आयुर्वेदिक औषधालयको शिलान्यास र दिउँसो गौरादहमा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर आजै राजधानी फर्किने कार्यक्र रहेको छ ।