पूर्वाञ्चल खबर
‘सानौ छु बढ्न देऊ, बालविवाह हैन पढ्न देऊ ” भन्ने मुल नाराका साथको सम्मेलन सकिएको हो ।
घोषणा पत्रमा ग्रामीण क्षेत्रका वालिकाहरु लैङिगक र जातिय विभेदको अन्त्य गर्न विशेष कार्ययोजना संचालन गरिने,बालिकामाथि हुने हिंसाकोको अन्त्य गर्न विशेष कार्यक्रम संचालन गरिनेछ । उनीहरुलाई नेतृत्वमा पु¥याउन अवसर र प्रोत्साहन प्रदान गरिने,सूचना सञ्चार प्रविधिको दुरुपयोग विरुद्ध सचेतना अभियान संचालन गरिने, सूचना प्रविधिमार्फत भविष्य निर्माणका लागि विद्यालय शिक्षालाई प्रभावकारीमूलक कार्यक्रम संचालन गरिने,सवै किसमका हिंसा , जोखिममा परेका वालिका, वालश्रम र मनोरञ्जनको क्षेत्रमा काम गर्ने, लागू पदार्थ दूव्र्यशनी, सडक बालवालिकाको उद्धार, पुनस्र्थापनाका अस्थायी र स्थायी संरक्षण केन्द्रको स्थापना गर्ने र भूटानीय शरणार्थी बालवालिकाको सुरक्षा र सरोकारवाल समक्ष आवाज पहुंचको सुनिश्चितताका लागि ध्यानाकर्षण गर्ने आदि रहेको छ ।
समापनका अवसरमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालवालिका हुने हिंसा अन्त्य गर्न नयाँ मुलुकी ऐन अनुसार कारवाही हुने वताउँदै बालश्रम निषेध अभियान विशेष रुपमा संचालन गरिने वताए । उनले प्रदेशमा आगामी पाँच वर्ष भित्र प्रदेशभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुले गुणस्तीय शिक्षा र अंग्रेजी माध्यमवाट पठनपाठनको आवश्यक व्यवस्थाको प्रतिवद्धता समेत व्यक्त गरे ।
आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले बालवालिका सुखी वनाए मात्र समृद्ध नेपाल सुखी नेपाली हुने वताउँदै विद्यालयमा छात्रामैत्री शौचालय निर्माण , स्वच्छ खानेपानी , विद्यार्थीहरुमा दुव्र्यसनी मुक्त समाज निर्माणका लागि आवश्यक वजेट विनियोजन गरेको जानकारी दिए । उनले प्रत्येक स्थानीय निकायमा १५ शैय्यको सुविधा सम्पन्न अस्पताल, सवै स्थानीय तहमा १÷१ वटा एम्वुलेन्स रस्वास्थ्य केन्द्रमा एमविविएस चिकित्सकको दरवन्दी , जिल्ला अस्पतालको सदुढीकरण र स्थानीय तहमा स्वास्थ्य शिविर संचालन र विद्यालयस्तरमा नर्सिङ्ग सेवा संचालन व्यवस्था मिलाएको वताए ।
उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले समृद्ध नेपाल शुखी नेपाली कायम गर्ने मुख्य मेरुदण्डको रुपमा रहेको उद्योग स्थापनाका लागि स्थानीय स्तरमा एक ग्राम एक उद्योगका लागि आवश्यक वजेट विनियोजन गरेको वताए । विदेश जाने युवालाई रोकथाम गरि स्वदेशमै रोजगारीका व्यवस्था गर्नका लागि उद्योग स्थापनामा विशेष प्राथमिकता एवम् सहयोग प्रदान दिने वताउँदै मन्त्री कुसियतले साना तथा घरेलु लगायतका अन्य उद्योगमा वालश्रम रोकथामका लागि विशेष अभियान संचालन,पर्यावरण संरक्षणका लागि एक व्यक्ति पाँच रुख अभियानको रुपमा संचालन गरिएको जानकारी दिए ।
सामाजिक मन्त्रालयका सचिव ज्ञानराज सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय वालकल्याण समितिका अध्यक्ष विविना श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतम लगायतले सम्मेलनवाट वालविवाह न्यूनिकरण, दाइजोप्रथा र बालहिंसाको अन्त्यमा सहयोग पुग्ने चर्चा गरे ।
सम्मेलनमा प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका १ सय ५० वालवालिका, जिल्ला समन्वय समितिका महिला उपाध्यक्ष, नगरपालिकाका महिला उपप्रमुख र बालवालिका क्षेत्रमा कार्यरत विभिन्न संघसस्थाको सहभागिता रहेको थियो ।