AArya
RUMPUM
animated ellipse animated ellipse

वाग्मती आयल उद्योगको उत्पादनमा रोक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०७५, शुक्रबार २१:३१
3
Shares
विराटनगर / वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्धारा उत्पादित सन फ्लावर तथा भटमासको खानेतोल गुणस्तरहीन भएको आरोपमा आज उद्योग वाणिज्य तथा आपूर्ति मनत्रालयवाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग ,वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले आज मोरङ तथा सुनसरी क्षेत्रका विभिन्न उद्योग तथा व्यापारी फर्ममा गरिएको अनुगमनका क्रममा उक्त रोक्का गरिएको जनाएको छ ।

साथै उक्त टोलीले वावा भेजिटेवल आयल इण्डष्ट्रिज मोरङ कटहरीको सनफ्लावर तथा भटमासको तेल, स्वास्तिक आयल इण्डष्ट्रिज मोरङ हात्तिमुडावाट उत्पादित वनस्पती ध्यु, सनफ्लावर, तोरी तथा भटमासको तेल, जेके आयल मिल्स सुनसरी दहुवीवाट उत्पादित तोरीको तेल, पशुपति खाद्य उद्योग प्रालि सुनसरी सोनापुरवाट उत्पादित सन फ्लावर तथा भेटमासको तेल, श्रीगृहलक्ष्मी हार्डवेयर, मोरङको वुढीगंगा टंकिसनवारीवाट उत्पादित पिपिसि अन्नपुर्ण सिमेण्टको नमूना परीक्षणका लागि संकलन गरिएको नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनरका प्रमुख मनिस दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर