पूर्वाञ्चल खबर
नेपालमा गत वर्ष १४ जनाले मात्रै छाला दान गरेका थिए । प्राकृतिक प्रकोप या अन्य कुनै कारणले छालाको प्रत्यारोपण तत्कालै गर्नुपर्ने भएपनि नेपालमा छालाको अभावले बिरामीको मृत्यु हुने गरेको भन्दै लायन्स क्लवले छाला दान कार्यक्रमलाई प्रभावकारी बनाउने भएको हो । लायन्स क्लव डिष्ट्रिक गभर्नर ३२५ ए वानले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै छाला दानको कार्यक्रमका साथै नेपाल लायन्स फाउन्डेसनको कोष ४८ लाखबाट बढाएर १ करोड पु¥याउने पनि जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक गभर्नर भेटुवालले वातावरण संरक्षण, बालबालिकामा देखिन क्यान्सर तथा मधुमेह रोगबाट बचाउन जनचेतनामूलक कार्यक्रम गर्ने पनि बताए । यस्तै आँखाको मोतिबिन्दु रोग लागेकाहरुको उपचारमा पनि अफूहरुले सहयोग गर्ने उनले बताए ।
महिला साक्षरता दर वृद्धि गर्न सरकारसँग समन्वय गर्ने, वर्षभरिमा ३० हजार भन्दा बढी वृक्षारोपण गर्ने, १० हजार पिन्ट भन्दा बढी रगत संकलन गर्ने लगायतका कार्यक्रम रहेको उनले जानकारी दिए । भेटुवाल लायन वर्ष २०१८ देखि २०१९ सम्मका लागि गभर्नर हुन् ।